स्मार्ट टेलिकमले निशुल्क सिम दिने


चैत २२, काठमाडौं। एसईई दिएका विद्यार्थीलाई स्मार्ट टेलिकमले निशुल्क स्मार्ट स्टुडेन्ट सिमकार्ड दिने भएको छ। यो सिम २०७५ सालको एसईई मा सहभागी भएका विद्यार्थीहरुले मात्र पाउनेछन।

स्मार्ट टेलिकमले उपलब्ध गराएको स्टुडेन्ट सिमकार्डमा ५ सय एमबीका दरले निशुल्क ३ महिनासम्म प्राप्त गर्नेछन। यो योजना बिहीबारदेखि सुरु भई ९० दिनसम्मका लागि नेपाल अधिराज्यभर लागू हुने छ।

स्टुडेन्ट सिमकार्ड लिन विद्यार्थीले एसईई प्रवेशपत्रको फोटोकपीसहित आवश्यक कागजात चाहिने कम्पनीले जनाएको छ। यो सिम नजिकै रहेका स्मार्ट सेन्टरहरु र इडु वल्ड ग्रुप बाट मात्र उपलब्ध हुनेछ। स्मार्ट टेलिकम नेपालको तेस्रो ठूलो दुरसञ्चार कम्पनी हो।

२२ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको