कुवेतमा रहेको त्रि एक नेपाली स्वतन्त्र चर्च गुटमा विभाजन


चैत्र २२, कुवेत । कुवेतमा रहेको नेपालीहरुको त्रि एक नेपाली स्वतन्त्र चर्च गुटमा विभाजन भएको छ । उक्त चर्चका एल्डर समेत रहेका एकजना तुलबहादुर गुरुङको गुटका कारण विभाजन भएको त्रि एक नेपाली स्वतन्त्र चर्चले जनाएको छ ।

मार्च २९ सुक्रबारको साप्ताहिक संगतिमा गुरुङ सहित १३ जनाले चर्चको आगामी संगरिमा भाग नलिने बताएका थिए ।

उक्त समूहले त्रि एक नेपाली स्वतन्त्र चर्चको आधिकारिक फेसबुक कब्जा गरेर नयाँ नाम न्यू भिजन नेपाली मण्डली कुवेत राखेको छ । त्रि एक नेपाली स्वतन्त्र चर्च कुबेतले उक्त १३ जनाको समुहले मण्डली भित्र गुट चलाएको भन्दै आफ्नो बिज्ञप्ति सार्बजानिक गरेको छ ।

त्रि एक नेपाली स्वतन्त्र चर्च यथावत रहेको समेत बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस्तो छ बिज्ञप्ति:

२२ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको