बैंकदेखि अनुसन्धान अधिकृतसम्म सम्म विज्ञापन खुल्यो, ७ सय ४५ जनालाई रोजगारी अवसर


चैत २२, काठमाडौं । बेरोजगार भएर चिन्तित हुनुहुन्छ ? यदि त्यसो भए तपाइको लागि खुसीको खबर छ ।

सरकारले २० हजार निजामती कर्मचारीको नयाँ भर्ना गर्ने तयारी गरिरहेको समयमा अन्य सरकारी निकायहरूमा पनि एक साथ रोजगारी अवसर खुलेका छन् । यी सबै परीक्षा लोकसेवाले लिनेछ ।

शुक्रबार राष्ट्रिय वाणिज्य बैंक, रास्ट्रिय अनुसन्धान विभाग र औद्योगिक व्यवस्थापन लिमिटेडले रोजगारी खुलाएका छन् । वाणिज्य बैंकले वरिष्ठ प्रवन्धक तह ९ देखि तह ४ सहायक सम्मका लागि सातै प्रदेशमा ६ सय ६१ जनाको लागि विज्ञापन खुलाएको छ ।

रास्ट्रिय अनुसन्धान विभागले अनुसन्धान अधिकृत ३० जना र अनुसन्धान सहायक २२ जनाको लागि विज्ञापन गरेको छ जसका लागि उमेर २५ वर्ष नकाटेको हुनुपर्ने छ । औद्योगिक व्यवस्थापन लिमिटेडमा ३२ जनलाई रोजगारीको अबसर खुलाइएको छ ।

हेर्नुस सूचना ।

 

२२ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको