के पहुचवालाहरुको सत्ता र शक्ति नै देशको सुशासन हो ?


जेबी जिसी । नागरिकता कार्यालयबाट फर्किंदै गरेका एक युवाले बडो दम्भ पेश गरे । उनले भने फलानो नेता मेरा आफन्त पर्छन उनको सोर्सफोर्सले नागरिकता छिट्टै बन्यो । लाइनमा कुर्न परेन । नत्र बेजोग हुन्थ्यो यार दाइ।

लाग्थ्यो उनका लागि त्यो सिस्टम मिचाई नै सुशासन हो । उनले बढो दम्भका साथ् स-गर्ब पद्दति मिचिएको कुरा प्रस्तुत गर्दै आत्मरति लिए । तर ति लक्का जवानलाइ अलिकति पनि हिनता बोध थिएन कि देशको सिस्टम मिचेर अस्थिरता बनाउने एक गैर जिम्मवार युवक म पनि हुँ भनेर !

बास्तबमै भन्ने हो भने यस्तै बिचौलिया र आफन्तबादले देशको कानुन र मर्यादा क्रमको धज्जी उडाई रहेको छ । यस्तो गैर जिम्मेवारी पूर्ण सोंच र अबैध कार्य हरेक सरकारी कार्यलय बाहिर भेटिन्छ ।

तर एक जिम्मेवार युवा वा नागरिकको हैसियतले हरेकोले सिस्टमलाइ फलो गर्ने बानि बसाल्यौ भने हरेक कार्यलय बाहिर देखिने जाम लामो समय सम्म रहने थिएन । बिगार्ने भनेकै नेता वा कर्मचारीका आफन्तहरुले हो भन्ने कुरा ढुक्क भए हुन्छ ।

सरकारी कार्यालयमा कागजात मिलाउन जाने युवाहरुले दलाली च्याप्लुसी वा आफन्तका इशाराहरु प्रयोग गरेर देशको नियमलाइ उलंघन गर्दा गर्बअनुभूति गर्नु पर्ने देशका कर्णाधारहरु भएपछी कसरि बन्छ देश ?

अनि पहुचवालाहरुमात्र अत्यन्तै धनवाला, मालवाला, स्वादवाला, सहजवाला बन्दै जाने सर्बसाधारण अझै गरिब हुदैजाने र नेताले बेलैमा होस नपुर्याए देशका हरेक कुना काप्चावाट सिके राउत देखि बिप्लबहरुको जन्म भैरहने छन, यस्मा अनौठो मान्नु पर्ने कुनै कारण छैन ।

आज एक्काइसौं सताप्दीमा आईपुग्दा पनि नेपाली जनताको हबिगत उस्तै पुरानै अभाबमा छ । उनै सामान्य परिवारवाट देश बनाउन भन्दै हिडेका नेताहरुको कार्यशैली र जिबनस्तर आकाशपतालको फरक भेटिन्छ । नातावाद कृतावाद तथा दलाल ठेकेदारहरु सङ्ग मिलेर ३ बर्षमा सप्पन्न गर्न सकिने आयोजना १०औ बर्षसम्म अलपत्र पार्ने र देशको ढुकुटी पालै-पालो लुटेर खाने भाँडो बनेको छ ।

यता देश विभिन्न तन्त्रहरु बोकेर यहाँसम्म आयो । राणा तन्त्र, राजतन्त्र, प्रजातन्त्र, लोकतन्त्र हुँदै गणतन्त्रसम्म आईपुग्दा पनि अधिकाम्स जनता दुईछाक खानकै लागि होस या समयअनुकुल चल्न परिवारलाइ छाडेर अर्काको देशमा श्रम बेचिरहनु परेको छ । देशमै रहनेहरु पनी बेरोजगार र गरिविले दिनप्रतिदिन थलिदै गएका छन् ।

ज्यानमारा रोग लागिहाल्यो भने पैसा अभाव कै कारण सर्बसाधारणहरुले अकालमै ज्यान गुमाउनु पर्ने स्थिति छ । देश र जनतालाई समृद्धि र धनी बनाउछु भन्नेहरु राज्यको ढुकुटीमा उपचार गर्न देश विदेश दौडाहमा छन् ।

एकातिर चलिरहेको प्रक्रिया वा ब्यबस्था फेर्न भन्दै फरक बिचार राख्नेहरु पनि छन्, अभाबमा अल्झिरहेका जनता परिवर्तनको आसमा यो पो ठिक छ भन्दै त्यसैको पछि भाग्नेछन, निस्चित बिन्दुमा पुगिसकेपछि पारा उस्तै हुने वाला छ । आशाहरुले अरुको अन्धभक्त बनाइ सक्दा नेतृत्वहरु स्वार्थ लुटिरहने छन् ।

नारा र गाना भनेकै एकछिनको लागि मनको भाब, राप र ताप मेटाउन गाइने र सुनिने कुराहरु हुन । तर गलत वा सहि परिणाम नेतृत्वकै कारण जन्मिने छ ।राजनीति बास्तबमै देश र समाज परिवर्तनका लागि हो । तर यहाँ राजनीतिका नाममा अकुत पैसा कमाउने उद्योग बनेको छ देशको राजनीति । अहिले जनमानसमा यहि छाप बसेको छ । त्यसैले राजनीतिको सैदान्तिक परिभाषा सहितको उत्तर खोज्ने बेला आएको छ ।

के यो सत्ता र शक्ति आफन्त, नातागोता, च्याप्लुसीहरुका लागि मात्र हो ?

२२ चैत्र २०७५, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको