ओली सरकारले नेकपामाथि दमन बढायाे: एकै दिन ९ जना गिरफ्तार


फाल्गुन २१, काठमाडौ । केपी ओली नेतृत्वकाे सरकारले नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता विरूद्व देशभर दमन बढाएकाे छ । आज मात्रै देशभरबाट ९ जनालाई गिरफ्तार गरेकाे छ ।

काठमाण्डाैंबाट अखिल नेपाल किसान महासंघ क्रान्तिकारीका केन्द्रीय संयाेजक राजु कार्कीलाई गिरफ्तार गरेकाे छ भने दाङ र कपिलवस्तुबाट ३ -३ जना र रूपन्देहीबाट २ जनालाई पक्राउ गरेकाे छ । सुर्खेतमा एक जनालाई गिरफ्तार गरेकाे हाे ।

दाङ र नवलपरासीमा सहिद–बेपत्ता परिवार अभिनन्दन कार्यक्रमबाटै प्रहरीले नेकपाका नेतालाई पक्राउ गरेकाे हाे । दाङमा नेकपाका जिल्ला सचिवालय सदस्य प्रदिप वली, जनयुद्धको घाइते योद्धा ईश्वरी पान्डे, तुलसीपुर नगर सेक्रेटरी रूद्र ओलीलाई गिरफ्तार गरि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।

गिरफ्तारी विरूद्व नेकपा दाङले आन्दाेलनकाे चेतावनी दिएकाे छ । नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज सविनले आज एक प्रेस विज्ञप्ती जारी गर्दै अविलम्ब रिहाई गर्न माग गरेका छन । रिहाई नगरे पार्टीले चरणबद्ध आन्दोलनको घोषणागरि बन्द लगायतका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी विज्ञप्तिमा छ ।

त्यसबाट निस्कने सम्पूर्ण परिणामको जिम्मेवार गिरफ्तार गर्ने, धरपकड गर्ने निकाय नै हुने भन्दै सरकारको आतंकमा बिचलित नहुन सम्पुर्ण सहिद परिवारलाई अपिल समेत गरिएको छ ।

नवलपरासीमा प्रहरीले नेकपाका जिल्ला सदस्य नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज गणेशबहादुर ढकाल, जिल्ला सल्लाहकार रुद्रबहादुर गुरुङ र सहिदका बुवा रुद्र पौडेललाई गिरफ्तार गरेको जिल्ला ईन्चार्ज सुमन ज्ञवालीले जानकारी दिए । रूपन्देहीबाट जिल्ला सदस्य याेगेन्द्यर यादव र प्रदेशीलाई गिरफ्तार गरेकाे छ ।

गिरफ्तारीप्रति आपत्ति जनाउदै रूपन्देही जिल्ला ईन्चार्ज शरद वलीले तत्काल रिहाईकाे माग गरेका छन् । विज्ञप्तिमा भनिएकाे छ, `गिरफ्तार गरिएका हाम्रा कमरेडहरूलाई तत्काल रिहाइको जाेडदार माग गर्दैछाैं। अन्यथा कडा संघर्षमा जान बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिणामकाे जिम्वेवार स्वयम् दलाल सरकार हुने हुँने जानकारी गराउदछाैं । ´

अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य पुष्प न्यौपानेलाई बाँकेबाट सुर्खेत जाने क्रममा पक्राउ गरेकाे छ । पछिल्लाे पटक सरकार नेपाल कम्युनिष्ट पार्टी विरूद्व आक्रमक ढंगले आएकाे छ । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीलाई ठिक पार्न प्रशासनिक कदम चाल्ने सार्वजनिक भाषण गरेकाे २४ घण्टाभित्र देशभर धरपकड बढेकाे हाे ।

२०७५ फाल्गुन २१,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको