अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको रोल्पामा प्रथम अधिबेशन हुँदै


फाल्गुन २१, रोल्पा । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रको प्रथम अधिबेशन हुने भएको छ । अधिबेशन यहि आउदो फाल्गुन २५ गते रोल्पाको लिबाङ्गमा हुने भएको हो ।

अदिबेशनका लागि अन्तिम तयारि अबस्थामा रहेको अध्यक्ष सन्दिप थापाले जानकारी दिएका छन् । उनका अनुसार अधिबेशनलाइ चाहिने आर्थिक ब्यबस्थापनका लागि विभिन्न ब्यबसायीहरु र बिदेशमा रहेका विभिन्न देशका उपशाखाहरु संग समन्वय भैरहेको छ ।

उपशाखा जापान, कतार, युएइबाट केन्द्रको अधिबेशनको लागि २५ हजार रकम पठाई सकेको जनाएको छ भने अन्य देशले पनि पठाउने तयारि गरिरहेको समाजका महासचिव लेख प्रसाद रोकाले जानकारी दिएका छन् ।

संस्थाको स्थापना २०७५ जेष्ट २१ गते भएको थियो । स्थापना भएको छोटो समयमा संस्था स्थापित हुन सफल भएको छ । विश्वका विभिन्न देशहरु नेपाल लगायत युएई, कतार, साउदी, मलेसिया, जापान, कुवेत, बहराइन र साउथ अफ्रिकी देश मौरिषेसमा शाखा छन । अन्य युरोपेली देशतिर पनि शाखा बिस्तारक्रम जारि छ ।

उप शाखाहरुले आ-आफ्नो देशमा क्षेत्रीय शाखाहरु पनि बिस्तार गरेका छन् । आफ्नो जन्मभूमि रोल्पाबाट विभिन्न देशमा पुगेका रोल्पालीहरु प्राय सबै गोलबन्द भैरहेका छन् भने नेपाल भित्र पनि गृहजिल्लाबाट अन्य जिल्ला ब्यबसायिक तथा बसोबासमा सरुवा भएकाहरु पनि संगठित भएको समाजका अध्यक्ष थापाले बताएका छन् ।

अधिबेसन कहिले र कहाँ ?

संस्थाको प्रथम अधिबेशन यहि आउदो फाल्गुन २५ गते शनिबार हुने भएको छ । गृहजिल्ला रोल्पाको लिबाङ स्थित जिविसको हलमा हुनेछ भने अधिबेसनको समय अवधि एक दिने हुने खबर छ । बिहान ११ बजे देखि कार्यक्रम सुरु हुने भएको छ ।

सहभिता

कार्यक्रमका प्रमुख अतिथि समाजसेवी मान बहादुर बुढा हुने संस्थाले जानकारी दिएको छ । रोल्पा जिल्लामा रहेका जनप्रतिनिधिहरु, विभिन्न बौद्दिक व्यक्तित्व, कर्मचारी र पत्रकारहरुको उपस्थिति हुने जनाइएको छ ।

नेपालमा संस्थामा आबद्द सबै रोल्पालीहरु सहभागी हुनेछन । उक्त अधिबेसनमा प्रत्यक देशबाट ३ देखि ५ जना सम्म प्रतिनिधिहरु सहभागी हुनेछन ।

बैदेशिक रोजगारबाट घर छुट्टीमा फर्किएका र रोल्पाली संस्थाप्रति आस्थावान अन्य रोल्पाली समुदायहरुलाइ पनि अदिबेशनमा उपस्थित भैइदिन अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रले अनुरोध समेत गरेको छ ।

अधिबेसनका चरण

कार्यक्रम तिन चरणमा हुने छ । पहिलो चरणमा उद्घाटन समारोह, दोश्रो चरणमा बन्दसत्र, तेस्रो चरणमा समापन कार्यक्रम हुनेछ । कार्यक्रममा संस्थालाई महत्वपुर्ण योगदान दिने व्यक्तिहरुलाइ सम्मान गरिनेछ । बिपतमा परेकाहरुलाई आर्थिक सहयोग कार्यक्रम पनि रहेको छ ।

अधिबेसनमा संस्थाको प्रतिबेदन प्रस्तुत संगै आगामी कार्य योजना बिषयमा चर्चा र छलफल हुने छ ।

अधिबेशनका लागि निमन्त्रणा

आदरणीय देश विदेशमा रहेका रोल्पाली दाजुभाइ दिदीबहिनीहरु ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजको गठन भएको एक बर्ष हुँदैछ । अत्यन्त छोटो अवधिमै हाम्रो संस्थाले सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान दिएको सबैलाई सर्बबिधितै छ । फलस्वरूप देश बिदेशमा ‘अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज’ आशा र भरोशाको केन्द्र बन्दै स्थापित हुन सफल भएको छ । रोल्पाको बिकाश र समृद्दीका लागि टेवा पुर्याउने उदेश्यका साथ् बिश्वभरबाट सबैले दिनु भएको साथ् र सहयोग प्रति हामी हार्दिक आभार व्यक्त गर्दछौ ।

सफलता संगै हाम्रा अगाडी महान चुनौतिहरु पनि थुप्रै छन् । चुनौतिको सामना गर्दै रोल्पा र रोल्पालीहरुको समृद्दी खोज्न ‘अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज’को प्रथम अधिबेसन हुन गैरहेको सबैलाई अबगत गराउन चाहान्छौ ।

संस्थाले हाल सम्म हाँसिल गरेका उपलाब्धिहरुको सुनुवाई तथा आगामी दिनमा नयाँ कार्य योजनाका साथ् जुट्न यो अधिबेशनले महत्वपुर्ण भूमिका खेल्नेमा आशाबादी छौ । तसर्थ आगामी यहि फाल्गुन २५ गते शनिबार हुन गैरहेको ‘प्रथम अधिबेशन’मा सहभागी भइदिन तपाई जनप्रतिनिधिहरु, बुद्दिजिबि, कर्मचारी, शिक्षक, ब्यबसायी, पत्रकार, बिद्यार्थी, बैदेशिक रोजगारमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरु र रोल्पाली जनसमुदायमा हार्दिक निमन्त्रणा गर्दछौ ।

लेख प्रसाद रोका – महासचिव
सन्दिप थापा – अध्यक्ष

धन्याबाद ।

२०७५ फाल्गुन २१,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको