‘नेता तथा कमान्डरलाई कसरी अर्बपति हुनुभयो ? भन्ने प्रश्न गर्नु’


फाल्गुण २१, सोमबार । मेची महाकाली राष्ट्रिय स्वाभिमानकाे यात्रामा बारास्थित निजगढमा आयोजित आमसभामा बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले सशस्त्र संघर्षमा होमिएका युवाको अवस्था दयानिय हुनु तर नेताहरु नवधनाढ्य भएकाे भन्दै पूर्व लडाकुलाई प्रश्न गर्न आग्रह गरेका छन् । उनले जनताको मुक्ति र परिवर्तनका लागि युद्ध गरेका पूर्व लडाकुलाई आफ्नो नेता तथा कमान्डरलाई कसरी अर्बपति हुनुभयो ? भन्ने प्रश्न गर्न आग्रह गरेका हुन्।

अध्यक्ष थापाले मुलुकमा भ्रष्टाचारीलाई कारबाही गर्न र आमजनतालाई सुशासनको प्रत्याभूति दिलाउन सरकार समक्ष माग गरेका छन् । यस्तै, नेता बुद्धिमान तामाङले आफू बौद्ध धर्मावलम्बी भए पनि नेपाल हिन्दु राष्ट्र भए मात्र सनातन धर्मको रक्षा हुने बताए । राप्रपा नेता एवं सांसद राजेन्द्र लिङ्देनले आरक्षणकाे व्यवस्था अधुराे भएकाे बताउँदै जातभन्दा पनि आर्थिक विपन्नका आधारमा आरक्षण गरिनु पर्ने बताए ।

पार्टीकाे राष्ट्रिय स्वाभिमान यात्राको छैठौं दिन साेमबार सर्लाहीको हरिपुर, नवलपुर, हरिवन, सुकेपोखरी, रौतहटको बागमती, चन्द्रनिगाहपुर, बाराको निजगढ, पथलैया र अमलेखगञ्जमा सभा गरिएकाे थियाे । पार्टीले सरकारसँग हिन्दु राष्ट्र पुनःस्थापना, राजसंस्थाबारे गोलमेच सम्मेलन, संघीयताबारे जनमतसंग्रह, भ्रष्टाचारको अन्त्यलगायतका २२ बुँदे माग प्रस्तुत गर्दै स्वाभिमान यात्रा सञ्चालन गर्दै आएकाे छ ।

२०७५ फाल्गुन २१,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको