३७औं मगर स्थापना दिवस कार्यक्रम सम्पन्न


बिजय कुमार मगर/ दोहा, कतार । १ मार्च २०१९, नेपाल मगर संघ, शाखा कतारले संघका अध्यक्ष शेर बहादुर रोका मगरको सभापतित्वमा र नेपाल मगर संघ, शाखा कतार प्रमुख सल्लाहकार महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा “मगर संघको ३७औं स्थापना दिवस संसारभर भब्यताका साथ मनाऔं ! मगर गाउँबस्तीहरुमा नेपाल मगर संघको बिस्तार गरौं।” भन्ने नाराको साथमा दोहाको (नज्मामा ) अवस्थित अल नख्यान रेस्टुरेन्टमा ३७औं मगर स्थापना दिवस कार्यक्रम सम्पन्न गर्यो ।

उक्त कार्यक्रममा विशिस्ट अतिथिहरुमा नेपाल मगर संघ ,शाखा कतारका पुर्व अध्यक्ष तथा बर्तमन सल्लाहकार सदस्य भिम तरामु मगर एन.आर.एन.ए (एन.सि.सि) कतारका सचिव युवराज शर्मा हुनुहुन्थ्यो । भने अतिथिहरुमा कतारमा रहेको नेपाली बैचारिक संघ संस्थाहरु, प्रदेशहरु, जिल्लावासी संस्थाहरु, जातिय संघ , संस्थाहरुका साथै मगर संघ कतारका सल्लाहकारहरु , नेपाल प्रवासी मगर बचत कोष कतार, नेपाल मगर साँस्कृतिक परिवार कतार, एरिया समितिहरु र बिभागहरुका हुनुहुन्थ्यो ।

कार्यक्रमलाई उपस्थित सभापति, प्रमुख अतिथी, बिशिस्ट अतिथीहरु र अतिथिहरु बाट दिप प्रज्जलनका साथै ब्यानर अनावरण गरेर कार्यक्रम सुरु गरेका थिए भने कार्यक्रम नेपालको राष्ट्रिय गान, मगर गान र प्रथम सहिद क्या. लखन थापा मगर सहित अन्य ज्ञात, अज्ञात शहिदहरु प्रती सम्झना गर्दै एक मिनेट मौनधारण गरेका थिए कार्यक्रममा उपस्थित लाई स्वागत मन्तव्य राखेर प्रथम उपाध्यक्ष अभिमत पुन मगरले स्वागत गरेका थिए। कार्यक्रमको बारेमा जानकारी तथा ३७औं मगर स्थापना दिवस किन मनाउने भन्ने बारेमा कार्यक्रम संयोजक तथा मगर संघ कतारका संगठन सचिव विवेक पुलामी मगरले जानकारी गरेका थिए कार्यक्रम संचालन संघका महासचिव बिजय मगर र सचिव नरेश सिन्जाली मगरले गरेका थिए ।

कार्यक्रममा मन्तव्य राख्दै अतिथिहरु बिशिस्ट अतिथिहरुले ३७औं मगर दिवस कार्यक्रम सब्य र भब्य रुपले सम्पन्न भएको जानकारी गर्दै ३७औं मगर दिवसको शुभकामना व्यक्त गर्नु भयो । कार्यक्रममा नेपाल मगर साँस्कृतिक परिवार कतारको तर्फबाट स्वागत नृत्य, टप्पा, चुडका, फिल्मी, सलैजो, कौराहा,हुरा नृत्यहरु प्रस्तुतिगरेका थिए भने उक्त नृत्यहरुलाई निर्देशन जनक थापा मगर र योगेन खम्चा मगरले गरेका थिए भने गायक राम मगरले उपस्थित सम्पुर्णलाई गितमा नचाएका थिए। साथै कार्यक्रममा मगर संघ, कतारका सचिवालय सदस्य मन कुमार रोकिम मगर शब्द संगीत र संघका सदस्री तथा साँस्कृतिक परिवार कतारका उपाध्यक्ष गायक सोम थापा मगरको स्वरमा रहेको मगरात भुमीको भन्ने बोलको भिडियो पनि सार्वजनिक गरिएको थियो ।

कार्यक्रममा मगर संघ, कतार साथै साँस्कृतिक परिवारले कलाकार पुर्णिमा बुढाथोकी मगर आफ्नो कतार बसाइँलाई बिट मार्दै नेपाल जाने भएकोले कदर पत्र र मायाको चिनो प्रदान गरेर बिदाइ गरेका थिए।

नेपाल मगर संघ, शाखा कतारका पुर्व अध्यक्ष तथा वर्तमान प्रमुख सल्लाहकार महेन्द्र थापा मगर लाई उहाँले मगर संघ, कतारलाई दिनु भएको योगदानको मुल्यांकन गर्दै उहाँलाई फेटा लगादिएर ,दोसल्ला ओडाएर, सम्मान पत्रका साथै मायाको चिनो प्रदान गरेर नेपाल मगर संघ, शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवार कतारले सम्मान गरेका थिए ।

प्रमुख अतिथि महेन्द्र थापा मगरले मन्तव्य राख्दै मगर संघको स्थापना कसरी र काहाँ बाट भएको र मगर संघले हाल सम्म गरेका कामहरु र किन हामी ३७औं मगर दिवस मनाउदै छु भन्ने कुरा को जानकारी उपस्थित सम्पुर्णलाई प्रष्ट पारिदिनुका साथै संघले गरेको सम्मानको लागि मगर संघ कतारलाइ साथै सम्पुर्ण मगर संघ कतारको मातहतमा रहेको एरिया , बिभाग , बचत कोष, साँस्कृतिक परिवार र मगर संघ कतारमा अवद्द सम्पुर्णलाई सम्मानको लागि धन्यवाद व्यक्त गर्दै समाज प्रतीको लगाभ र योगदानको उच्च कदर गर्दै सम्मान गर्नु भएकोमा नेपाल मगर संघ प्रती रिनि भएको र सम्मानले थप उर्जा अनि जिम्मेवारी बढेको अनुभुती भएको बताउदै जिबन रहुन्जेल सम्म मगर र मगर जाती को हक, हित ,अधिकार, भासा,धर्म ,कला सस्कृति लाई सधैं अगाडी बढाउने प्रण गर्दै उपस्थित सम्पूर्ण लाई धन्यवाद दिनु भयो ।

अन्त्यमा बोल्नु हुँदै कार्यक्रमका सभापति तथा संघका अध्यक्ष शेर बहादुर रोका मगरले कार्यक्रमका प्रमुख अतिथि, बिशिस्ट अतिथिहरु, र अतिथिहरु र सहयोगिहरु लाई धन्यवाद दिदै उपस्थित भएर ३७औं मगर दिवस कार्यक्रमलाई सब्य र भब्य रुपमा सफल बनाउनु भएकोमा सम्पुर्ण लाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भयो ।

२०७५ फाल्गुन २१,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको