अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले कुवेत बन्दक बनाईएकी पोखराकी सरस्वतीको गर्यो उद्दार


डिबि बुढाथोकी/फागुन २१, काठमाडौँ । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाख समिति कुवेतले बन्दक बनाईएकी पोखराकि सरस्वती बराललाई उद्धार गरेको छ ।

सरस्वती करिब एक बर्ष पहिला भारतको बाटो हुँदै कुवेत बेचिएकी हुन् । कुवेत पठाउने नेपाली दलालको अहिले नाम खुलाउन चाहेकी छैनन् । उनि नेपाल आएपछि उक्त दलाललाई कानुनी उपचार गर्ने पीडितका आफन्तले बताएका छन् ।

घरेलु कामदारको रुपमा गएकी सरस्वती एक बर्ष भित्र चारवटा घरमा बेचिएर काम गरेको जानकारी दिइन् । सात महिनासम्मको तलव पाएनन् भने एक महिनाको तलव सोही घरमा काम गर्ने ड्राइभरले खाइदिएको र एक महिनाको कुवेतमा घरेलु कामदार ओसारपसार गर्न बसेको दलालले खाइदिएको पिडित सरस्वती जानकारी दिनु भयो ।

पीडित सरस्वतीलाई घरमा कामदारको रुपमा लगेपनी उन्लाई एक कैदी जस्तै बनाइएको बताउनु हुन्छ । उनलाई दिनरात नभनी काम लगाइन्थ्यो भने घर मालिक बाहिर निस्किदा घरमा ताल्चा लगाई घर भित्र बन्दक बनाइन्थ्यो ।

दिनानुदिन मानसिक साथै शारीरिक यातना सहेर बसेकी सरस्वतीलाई खाना पनि नदिने बाथरुममा नुहाउन गए बाहिरबाट पानी नै बन्द गर्दिने, अनेक यातना खेप्न पुगेकी सरस्वतीको टाउको भरी जुम्रा परेको देखिन्छन् भने अनुहार भरी एलर्जीले अनुहार बिग्रेको उद्धारकर्ता कुवेतका उपाध्यक्ष बलबहादुर जिएमले जानकारी दिए ।

यसरी भयो सरस्वती बरालको उद्धार

कतार स्थित एक कम्पनीमा कार्यरत पिडित बरालको छिमेकी दाइ मार्फत सोही कम्पनिमा काम गर्ने रोल्पा राँकका कृष्ण ओलीले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजले मानव उद्धार कार्य गर्दै आइरहेको कुरा जानकारी पाएपछि महासचिवको सम्पर्क नम्बर पीडित बराललाई उपलब्ध गराएका थिए ।

त्यसपछि महासचिव लेख प्रसाद रोकाले पिडित सरस्वती बरालसँग कुरा बुझ्दा पीडितको अवस्था एकदमै दयनीय अवस्था भएको र तत्कालै उद्धार गर्न पर्ने देखियो, कुवेतमा रहेको अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज साखा समितिका अध्यक्ष संस्थाको अधिवेशनको लागि नेपाल आएको हुँदा र उपाध्यक्ष र महासचिव संग सम्पर्क हुन ढिलाई भएपछी तत्काल कुबेत संस्थाका कोषाध्यक्ष प्रेम बुढाथोकीलाई उद्धार गरिदिन आग्रह गर्दै पिडित बरालको इमो नम्बर दिएका थिए ।

कोषाध्यक्ष बुढाथोकीले समितीलाई जानकारी गराएर र संस्थाको छलफल अनुसार उद्धारको प्रक्रिया अगाडि बढाएको थियो । अर्को दिन पिडितलाई उद्दारगरि नेपाल राजदुतावासको जिम्मामा लगाइएको छ ।

कुवेतमा दालालहरुले घरेलु कामदारमाथी गरिने दुर्व्यवहार

खाडी मुलुक मध्ये सबै भन्दा धेरै चेलीबेटी ओसारपसार देखि अन्य गैर कानुनी धन्दा कुवेतमा धेरै हुन्छ । त्यहाँ नेपाली घरेलु कामदारहरु ओसारपसार गर्ने नेपाली दलालहरुको ठूलो समुह रहेको बताइन्छ । उनीहरुले एउटा घरेलु कामदार कुवेतीलाई दिए बापत आठ सय देखि एक हजार कुवेती दिनार (करिव साढे तीन लाख नेपाली रुपैया) पाउने गरेको पीडितहरु बताउछन ।

घरेलु कामदार ओसारपसार गर्न मानव तस्करहरुले कुवेतमा बैधानिकरुपमै अफिस खोलेर बसेको पाइन्छ । कुवेतीहरु कामदार हेर्न अफिसमै आएर भेडा बाख्रा जसरी छानेर घरमा लिएर जाने पिडितहरु बताउछन् । ऊनीहरु नेपाली कामदार चाहिए नेपालमा रहेको दलाललाई पैसा दिई भारत हुँदै कुवेत लैजान्छन् ।

सम्बन्धित सरोकारवाला तथा सरकारी दुतावास पनि यस्ता गतिबिधि देखि बेखर रहेको देख्दा पिडितहरु दुताबासप्रति गुनासो छ । आफु आपतमा परेकोले उद्दार गर्न खबर गर्दा समेत बेवास्ता गरेको धेरै पिडितहरुको भनाइ छ ।

त्यस्तै पिडित बराल पनि नेपालदेखि नै बेचिएको थाहा पाएपछि घर जान्छु भन्दा कुवेतमा रहेको मानव तस्कर दलाल कुमारले कुवेती ९०० दिनार नदिएसम्म घर जान नपाउने भनेका थिए ।

यसअघि पनि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज शाखा समिती कुवेतले झापा दमककी शोभा कुमारी लिम्बू र उदयपुरकि गीता देबि चौधरीलाई उद्धार गरिसकेको छ ।

२०७५ फाल्गुन २१,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको