दीप दर्पणकाे ‘आह्वान’


उसले खुल्ला आह्वान गरेकाे
सुनेउ तिमिले ?
आह्वान !
खुला आह्वान !

एकपटक घनघाेर वर्षाकाे लागि
एकपटक चट्याङका लागि
अविरल झरीका लागि
भिषण आगलागी पछिकाे खरानीका लागि

ज्वालामुखि पछिकाे लाभाका लागि
अनि भेल, पहिराे र वाढीका लागि
उसले आह्वान गरेकाे……
…सुनेउ तिमिले ?

उसलाई
भत्काउनु रहेछ
माईति मन्डला जस्ताे
घुमाउराे बाटाे

जसले घुमाएर पुर्याईरहेछ
र घाेप्ट्याई रहेछ
आजपनि
उनै

र्निदाेष निधारहरुलाई
सामन्ति पैतला र दलानहरुमा
सिंहकाे मुर्ति गेटमा थापन गरेर
भित्र

स्यालहरुले अखडा जमाईरहेकाे
त्याे खण्डहर जस्ताे देखिने दरवारकाे
आगनैमा
महाभुकम्पकाे

कम्पन सिर्जना गर्न
उसले त्याे डाँडाँ पारीवाट
कालाे निलाे बादललाई
छाति भरी चट्याङ

र मुख भरी कविताका हरफहरु वाेकेर
आउन आह्वान गरिसकेछ
तिमिले सुनेउ ?
सुनेउ तिमिले ?

कवितालाई
चेतनाका विम्वहरुले श्रृङ्गार गरेर
कवितालाई
परिवर्तनका सुत्रहरुले वाधेर

अनि
कवितामा आगाे भरेर
त्यै दरवारकाे मुलढाेमा
चट्याङ खसाल्नुका लागि

उसले आह्वान गरिसकेछ ।
साहेद सुनेनउ तिमिले ?
मलाई थाहा छ
जव उसकाे आह्वानमा

बादल, बर्षा, झरी,
चट्याङ, आगाे, बाढी, पहिराे,
ज्वालामुखि, आँधि, हुरी, वतास,
तुफान एकैपटक पुग्नेछन

दरवारकाे मुख्य द्वारमा
अनि
बाद्शाहहरुकाे
आँखाहरु बन्द हुनेछन, दृष्यहरु काला हुनेछन्

कानहरु बहिरा हुनेछन, आवाजहरु सुनिने छैनन्
जिब्रोहरु टुक्रा टुक्रा हुनेछन, शब्दहरु लगाममा हुनेछन्
र…..बाद्शाहहरु निष्प्राण शालिक भएर
संग्राहलयमा थन्कीरहने छन

युग युग सम्म
——————-
पहिलाे लेखन २०५९/३/४
पुनर्लेखन २०७४/४/२८

कबि/गीतकार: दीप दर्पण

२२ माघ २०७५, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको