सल्यानमा बिप्लवको प्रभाव तिब्र, यसरि बने संगठन


माघ २२, सल्यान । जनयुद्दको उद्गम थलो रोल्पा र रुकुमसंगै जोडिएको सल्यानमा बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान तिब्र रुपमा बढाएको छ । सोमबार मात्र रोल्पा र सल्यानको सिमाना विजयडाँडामा जनसभा सम्पन्न गरेको छ ।

सयौँ जनता सहभागी भएको उक्त सभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सल्यान–रुकुम अभियान टोलीका प्रमुख चिरन पुन ‘मिलन’ ले जनताको आफ्नो व्यवस्था वैज्ञानिक समाजवाद ल्याउने आफ्नो पार्टीले सञ्चालन गरेको अभियानमा साथ दिन विजयडाँडाबासी जनतालाई आह्वान गरेका थिए ।

प्रचण्ड–बाबुरामले विजयको नजिक पुग्नै लागेको क्रान्तिलाई बीच बाटोमै अलपत्र पारेको भन्दै उनले आफ्नो पार्टीको नेतृत्वमा नेपालको बाँकी क्रान्ति पूरा हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेकपाका जिल्ला नेता टाइगरले पनि मन्तव्य दिएका थिए । कार्यक्रमको सञ्चालन भीम ओलीले गरेका थिए ।

यसरि भयो संगठन बिस्तार

सल्यानका विभिन्न क्षेत्रहरुमा जनबर्गीय सङ्गठहरु बिस्तार भएको नेकपा सल्यानले जनाएको छ ।  बागचौर नगरपालिका ११ र १२ नम्बर वडामा पार्टी र जवसका सङ्गठनहरू निर्माण भएका छन् । उक्त स्थानमा टोपबहादुर ओली निशानको नेतृत्वमा १७ सदस्यीय नगर समिति गठन भएको छ ।

यस्तैगरि ११ नम्बर वडा बाफुखोला बागचौरमा विवेक केसीको नेतृत्वमा वडा समिति गठन भएको छ । सोही स्थानमा सीमा ओलीको अध्यक्षतामा ११ सदस्यीय अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को सङ्गठन गठन भएको छ । जसको उपाध्यक्षमा विनिता केसी, सचिवमा सुशीला केसी, कोषाध्यक्षमा विमला केसी र सदस्यहरू रहेका छन् ।

नोखीराम डाँगी सेक्रेटरी रहेको ११ सदस्यीय पार्टी सङ्गठन निर्माण भएको छ, भने वेदप्रसाद ओली संयोजक रहेको ९ सदस्यीय समिति गठन गरिएको नेकपा सल्यानले जनाएको छ ।

दीपक विक अध्यक्ष रहेको ११ सदस्यीय युवा सङ्गठन निर्माण भएको छ, जसको उपाध्यक्ष वीरेन्द्र ओली र सचिव खुमराज विक रहेका छन् ।

उता दार्मा गाउँपालिकाको २ नम्बर वडामा विनोद विक सेक्रेटरी रहेको ७ सदस्यीय पार्टीको वडा समिति गठन भएको छ ।

वलदेव विक संयोजक रहेको ७ सदस्यीय युवा सङ्गठन निर्माण भएको छ । खले कामी संयोजक रहेको ७ सदस्यीय अखिल नेपाल किसान महासङ्घ गठन भएको छ । सन्जु विकको नेतृत्वमा रहेको ७ सदस्यीय वडा समिति गठन भएको छ ।

विजयडाँडा र दार्मामा चिरन पुन र पाटन नेतृत्वको अभियान टोलीले सङ्गठन निर्माण गरेको थियो । यस्त्रै छत्रेश्वरी गाउँपालिका वडा नं ४ ठूलीखर्कमा खिमलाल सेक्रेटरी रहेको ७ सदस्यीय वडा पार्टी समिति गठन भएको छ भने टीका खड्का अध्यक्ष रहेको ७ सदस्यीय महिला सङ्गठन निर्माण भएको छ ।

मूलखोलामा हर्कबहादुर परियारको नेतृत्वमा ७ सदस्यीय दलित सङ्गठन निर्माण भएको छ । सल्यानमा पहिलो चरणमा व्यापक रूपमा जनसभा र प्रचारात्मक कार्य सम्पन्न भएको छ । अब सङ्गठन निर्माणको प्रक्रिया सुरु भएको जनाइएको छ ।

२०७५ माघ २२,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको