रोल्पाकी एक युवती ३ दिनदेखि बेपत्ता, खोजि गरिदिन आफन्तको आग्रह


माघ २२, जिनाबाङ् । मानसिक सन्तुलन गुमाएकी रोल्पाकि एक युवती तीन दिनदेखि बेपत्ता भएकी छन् ।

गंगादेब गाँउपालीका ३ डाँडाखुटीका मोहन खड्काकि २७ बर्षीय श्रीमती चनमती खड्का बिरामी भएर मानसिक सन्तुलन गुमाई हराएकि हुन् । उनि आइतबार राती अचेत अबस्थामा घर छोडी हिडेको र अहिले सम्म फेला नपरेको आफन्त छबी डाँगीले जानकारी दिए ।

खड्का शुक्रबारदेखि बिरामी भएको र अर्धचेत अबस्थामा बोल्ने गरेको  डाँगीले जानकारी दिए । शनिवार केहि सन्चो भएपनि टाउको दुखिरहेको बताएकी थिइन् । आइतबार राति सासुआम संगै सुतेकी चनमतीलाई बिहान ४ बजे सासु आमाले बिस्तारामा नदेखेपछि उनको खोजि कार्यमा जुटेका थिए ।

खड्काका श्रीमान मोहन खड्का बैदेशिक रोजगारको शिलशिलामा कतारमा छन् । उनि करिब दुइबर्ष अघि देखि बैदेशिक रोजगारमा रहेका छन् । उनको परिवारमा दुई छोरा र एक छोरीका साथमा श्रीमती चनमती खड्का बस्दै आएकी थिइन् ।

स्थानीय प्रहरी चौकी सुखाओढारलाई युवती हराएको सूचना दिईसकेको आफन्तको भनाइ छ ।

२० गते रातिदेखि हराएपछि उनको आफन्त, परिवार र नजिकका छरछिमेकीहरु खोजीकार्यमा जुटेको उनका भिनाजु तिलक राज वली जानकारी दिए ।

आज ३ दिन सम्म पनि उनीलाई भेटाउन नसकेपछि उनका भिनाजुले सामाजिक संजालमार्फत खोजि गरिदिन आग्रह गरेका छन् ।

चनमती खड्कालाई फेला पार्नु हुने महानुभाबले नजिकको प्रहरी कार्यलयमा बुझाई दिनहुन अनुरोध गरेका छन् । अथवा फोन नं ९८१०३१२११७, ९८०६२७९२१६, ९८२९५२२२४८, ९८०९५५३७८३ मा सम्पर्क गरिदिन उनका भिनाजुले आग्रह गरेका छन् ।

२०७५ माघ २२,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको