सत्तारुढ दल नेकपा रित्तिदै: ७५ नेता-कार्यकर्ता विप्लब नेकपामा प्रवेश


माघ २२, कालीकोट । सत्तारुढदल नेकपाका नेता कार्यकर्ताको ठुलो संख्या बिप्लवको पार्टी नेकपामा प्रवेश गरेका छन् । आफ्नै पार्टी सत्तामा हुँदापनि पार्टी परित्याग गर्नेको लर्को झन् तिब्र बढ्दै गएको छ ।

कालीकोटमा लङ्कबहादुर बुढाको नेतृत्वमा ७५ जना केपी-प्रचण्डका गठबन्धनका नेता-कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा सोमबार प्रवेश गरेका छन् । उनीहरूलाई नेकपाका नेता हितमानले अविर लगाएर स्वागत गरेका थिए ।

बिप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान २ तीव्रताका साथ अगाडि बढाएको छ । यसैक्रममा केपी-प्रचण्डका गठबन्धनका नेता-कार्यकर्ता विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गर्नेको लहर देशैभरी चलिरहेको छ ।

सत्तारुढ नेकपा भित्र नेता तथा कार्यकर्तामा तिब्र असन्तुष्टि उल्झिएको छ । सुखी नेपाली, समृद्द नेपालको सपना देखाएर जनताबाट भोट असुली सत्तामा पुगेको पार्टीले जनचाहाना अनुरुप काम गर्न नसकेपछि आफ्नै नेता कार्यकर्तामा असन्तुष्टि उब्जिएको हो ।

यसरि नै पार्टी परित्याग गर्ने अबस्था नरोकिए आगामी ५ बर्षमा सत्तारुढदल नेकपा नै शुन्य हुने विश्लेषकहरुको बुझाई छ ।

२०७५ माघ २२,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको