युएईको अलएनमा रमाईलो ल्होसार साँझ भब्य तयारी


माघ २२, युएइ-अलएन । फेब्रुअरी ४- अहिले युएईको मौसम चिसिदै छ । जाडाेले छपक्ककै छोपेको युएईकै अलएन सहर भने आगामी ८ फेब्रुअरी शुक्रबार एकाएक तात्तिने भएको छ । अलएनको चिसो मौसमलाई तताउन नेपाली कलाकारहरु जम्मा हुन लागेका छन् अलएनमा । युएईको अलएन शहर आफैमा हरियाली र शान्त छ । त्यही शान्त वातावरणमा “नेपालीका लागि नेपाली “ भन्ने मुल नाराका साथ स्थापना भएको एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐन एक रमाइलो कार्यक्रमका साथमा नेपालीहरुलाई तताउने तयारी गरिरहेको छ ।

नेपालीहरूको बहु सॉस्कृतिक धरोहरलाई जीवन्त राख्ने सोचलाई अघि बढाउदै नेपाली चाडपर्वहरुको अवसरमा बिभिन्न कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको कुरा सर्वविदितै छ। सोही क्रमलाई निरन्तरता दिदै अलऐनले ल्होसारको अवसर पारी रमाईलो ल्होसार साँझ – २०७५ को आयोजना गर्दै छ । फेब्रुवरी ८ तारिखका दिन हुने उक्त कार्यक्रम को तयारि पुरा भएको छ । कार्यक्रममा युएईमै रोजगारी गर्दै आईरहेका चिरपरिचित कलाकारहरुको बिशेष प्रस्तुती समेत रहनेछ ।

अलऐनको टप ५ रेस्टुरेन्टमा सम्पन्न हुने कार्यक्रममा विभिन्न नेपाली खानाका परिकारको साथमा गायक पारस लामा, गायिका सानू स्मिथ,सुरेन्द्र लामा,प्रशान्त ताजपुरिया र जनक रुचाल, नृत्यगंना नेमिका गुरूंग, अर्मिला लोप्चन, पुजा रेग्मि, अस्मीता गिरीको प्रस्तुती रहनेछ साथै नेपाली बाल मन्च, अलएनका कलाकारहरु सौभाग्य, सम्पुर्ण र आर्यनको विशेष प्रस्तुती रहने एनआरएनए युएई, क्षेत्रीय समन्वय परिषद अलऐनका सचिव तथा कार्यक्रम संयाेजक जिवन योन्जनले बताएका छन । एनआरएन अलएनका अध्यक्ष गोपाल पौडेलले कार्यक्रमलाई सफल पारी रमाइलो अनुभुती गर्नका लागि युएईमा रहेका इच्छुक नेपालीहरुलाई निमन्त्रणा गरेका छन् ।

२०७५ माघ २२,मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको