झापाको आगलागी घटना नियोजित भएको नेकपाको दाबी


पुस २१, झापा । केहिदिनअघि झापाकाे काकडभिट्टा स्थित ६० बिघामा रहेको सुकुम्बासी बस्तिमा लागेको आगलागी घटनाले नयाँ माेड लिएको छ।


मेचिनगर नगरपालिका वडा नम्बर ६ साठी बिघा स्थित गाेसखानमा रहेको सुकुम्बासी बस्तीमा पुस १२ गते राति ८ बजेपछि भएको आगलागीबाट २२ वटा घर टहरा जलेर नष्ट भएको थियोभने करिब डेढ कराेड बराबरको क्षति भएको थियोे ।

उक्त अागलागि भएको जग्गा खालि गराउन नगरपालिकाले सुचना टाँस गरेकाे छ। नगरपालिकाले भाैतिकसंरचना निर्माण राेक्का राखि जग् संरक्षण गर्न भन्दै उक्त जग्गामा घर टहरा बनाउन नदिने, अाफैले अस्थायी संरचना निर्माण गरि भाडामा लगाउने र पिडितले उक्त संरचनामा कुनैपनि दावि गर्न नपाउने निर्णय गरेको छ।

यता नगरपालिकाले पिडितहरुलाई हालसम्म पनि उचित बसाेबासकाे ब्यवस्थापनमा कुनै चासो नदेखाएको,सुकुम्बासी माथि निर्दयि बनेकाे पिडितहरुले गुनासाे गरेका छन्।

नगरपालिकाले सुकुम्बासी वस्तिमा अागलागि पश्चात् पिडितहरुलाई उचित बसाेबासकाे ब्यबस्थापन गर्नुकाे सट्टा सुकुम्बासी प्रति सरकार क्रुर बनेकाे भन्दै विप्लव नेकपाले पनि विज्ञप्ति जारी गरेको छ।

नेकपाका जिल्ला सेक्रेटरी सुमनसिह पौडेलले जारी गरेको उक्त विज्ञप्तिमा नगरपालिकालाई पिडित सुकुम्बासीहरुमाथि दमन नगर्न र उचित ब्यवस्थापन गर्न माग गर्दै यदि नगरपालिका दमनकाे नितिमा उत्रिए अाफ्नाे पार्टी सुकुम्बासी जनताको हकहितका लागि रहेको बताउँदै नगरपालिकाले पिडितहरुकाे उचित तथा वैकल्पिक ब्यवस्थापन नगरिकन सुकुम्बासी बस्ति उठाउन थप प्रक्रिया अगाडि सारे अाफ्नाे पार्टी कडा र निर्मम ढंगले अगाडि बढ्ने जनाएको छ।

२०७५ पुष २१,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको