नेकपाका दूई दर्जन नेता-कार्यकार्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश


पुस २१, कंचनपुर । कन्चनपुरमा २ दर्जन भन्दा बढीको संख्यामा ने.क.पा.(नेकपा) परीत्याग गरी जिल्ला र स्थानीय तहका नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’मा प्रवेश गरेका छन् ।

जिल्लाको कृष्णपुर, वेलौरी, वेल्डाँडी क्षेत्रवाट रमेश ओझा, जग्गु चौधरी, कमल साउँद, राम वि.क., डील्ली राज अवस्थी, विद्धीराम चौधरी, झंक व.वि.क., दिपक साउँद, भोज अवस्थि, मान व.वि.क., वास्मती चौधरी, सुर्य अवस्थि, चटक नेपाली, हरीराम दमाई, अमिट नेपाली, मदन नेपाली, चक्र व.लुहार, हिरा दे.गुरुगं, अनिता डगौरा, शर्मिला डगौरा लगायतका रहेका छन् ।

विगत लामो समयदेखि क्रान्तिकारी राजनैतीक धुर्विकरण अभियान सन्चालन गरीरहेको नेपाल कम्युनिष्ट पार्टी कन्चनपुरका ईन्चार्ज अग्निले एक कार्यक्रमका विच नव प्रवेशिहरुलाई स्वागत गर्दै आमुल राजनैतीक परीवर्तनका लागि सम्पुर्ण देशभक्त राष्ट्रवादी आम श्रमजिवि जनता एक हुनु पर्ने बताए ।
उनले अगाडी भने- ‘एकीकृत जनक्रान्तिको बाटोमार्फत् बर्गिय र राष्ट्रिय मुक्ति आन्दोलन संगसंगै अगाडी बढाईरहेका छौं । महान शहीद भिमदत्तले झै जनताका दुश्मनहरुलाई जिउँदै वोरामा हालेर महाकालीमा हुर्याउने दिन धेरै टाढा छैनन्।’

जिल्ला भरी व्यापक रुपमा धुर्विकरण र संगठन सुदृढीकरण अभियान सन्चालन भईरहेको र अभियानले छिट्टै क्रान्तिकारी उभार ल्याउँने जिल्ला सचिव परीवर्तनले जानकारी दिए ।

२०७५ पुष २१,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको