साउदीमा पहिलो पटक तामाङहरुले २८५५ (फाल्हो) सोनाम ल्होछार पर्ब मनाइदै


पुष २१, साउदी । इतिहासमै पहिलो पटक तामाङ जातिको पर्ब ‘२८५५ (फाल्हो) सोनाम ल्होछार’ साउदीमा मनाइने भएको छ ।आउदो १८ जनवरि शुक्रबारका दिन साउदि अरबको रियाद स्थित एक्जिट १८ मा  कार्यक्रम हुनेभएको छ ।

तामाङ्ग जातिको महान पर्ब तथा नयाँ बर्षको रुपमा फाल्हो सोनाम ल्होछार भब्यताका साथ मनाईने तयारि भएको आयोजक समितिका अध्यक्ष राम लामले बताए । उक्त कार्यक्रममा अतिथि कलाकार देशु गोले उपस्थित रहनेछन भने, स्थानिय कलाकारहरुको प्रस्तुति रहने जनाएइको छ । नेपालि मौलिकता झल्काउने प्रस्तुतिहरु सेलो, म्हेन्दोमायाँ लगाएत नृत्य तथा अन्य बिबिध प्रस्तुतिहरु रहने आयोजकले जनाएको छ ।

कार्यक्रमको लागि नेपाल इन्भेस्टमेन्ट बैंक (पृथ्बी रेमिट)को मुख्य प्रायोजन गरेको छ भने डीएक्सएन ग्रुपले सहप्रायोजन गरेको छ । साथै अल तायर ट्राभल्सले पनि प्रायोजन गरेको छ ।

२१ पुष २०७५, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको