अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापान र गोगोड ग्रुपको साझेदारीमा पिडितलाई आर्थिक सहयोग


पुष २१, रोल्पा । रोल्पा रुन्टिगढी गाउँपालिकाका फोक्सो पिडित खिम कवरलाई अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापान र गोगोड ग्रुप लगायत जापानमा बस्ने रोल्पालीहरुले आर्थिक सहयोग गरेका छन् । पिडित कवर बिगत केहि समय देखि फोक्सोमा समस्या देखिएपछी भारतमा उपचार गराइरहेको र उनको आर्थिक अबस्था निकै दयनीय भएपछी जापानमा रहेका रोल्पालीहरुले सहयोग गरेका हुन् ।

हाल दाङको घोराहीमा बस्दै आएका खिम कवरकी श्रीमतीले सहयोगका लागि अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापानलाई सहयोगको लागि अनुरोध गरेपछि जापान स्थित गोगोड ग्रुपसंग समन्वय गरि आर्थिक सहयोग जुटाउन पहल भएको थियो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापानका केन्द्रिय सदस्य केवल प्रसाद वली र सदस्य खिमा डाँगीको बिशेष पहलमा रु ४६ हजार ५ सय रकम संकलनगरि रकम हस्तान्तरण गरिएको थियो । आर्थिक सहयोग संकलनमा प्रिया थापा, निमु क्षेत्री र प्रकाश महराको पनि बिशेष भूमिका रहेको समाजले जनाएको छ ।

खिम कवरको उपचारका लागि संकलित रकम अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज केन्द्रिय अध्यक्ष सन्दिप थापाद्वारा सुक्रबार पिडितकि श्रीमतीलाई प्रत्यक्ष हस्तान्तरण गरिएको थियो ।

 

२०७५ पुष २१,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको