दुनियाँलाई न्याय दिने रवि लामिछाने श्रीमतीसँग किन चुके ?


समर्पण भट्टराई । अहिले नेपाली सन्चारमाध्यम र सामाजिक संजालमा निक्कै चर्चामा रहेको नाम हो पुर्व अमेरिकी नागरिक तथा सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता ‘रवि लामिछाने’ ।

बेला बेलामा यिनी चर्चामा आइरहन्छन् । कहिले ओभर स्टे बसेर, कहिले भुत काण्ड मच्चाएर, अहिले श्रीमती काण्ड लिएर आएका छन ।

लामिछाने अहिले ३ वटी श्रीमती काण्डको चर्चामा छन । पहिलो श्रीमती तर्फ दुई छोरीहरु छन । उनी अमेरिका बस्दा अमेरिकी महिलासँग अबैध बच्चा छ । पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद र नेपालमा अर्कि युवतीसँग अफियरको कारण ठुलो चर्चामा छन ।

सोचनीय कुरा के छ भने, जव एउटी महिला पर पुरुषसंग अनैतिक सम्बन्ध जोड्छ तब उसमाथि बेश्या भनेर औंला उठ्छ । तर पुरुष माथि कहिलै औला उठ्दैन । कारण हो यो देशमा पितृसत्तात्मक सत्ताको अवशेष अझै जीवित छ ।

रबि लामिछानेका मिठा र भाबुक कुरा सुनेर अहिले माहोल रबितिर ढल्किएको छ । उनीहरु बिचको बैबाहिक जीवन असफलता हुनुको कारण रविले अहिले पुर्ब पत्नी इशालाई नै दोषी बनाएका छन् । अब इशा लामिछानेको कुरा आउँन र सुन्न भने बाँकी नै छ ।

रबि लामिछाने ज्युले अमेरिकन परस्त्रीसंग अनैतिक सम्बन्ध राखेर छोरोसम्म जन्माएछन् । तर उनीमाथि बेश्या पुरुष भनेर यो समाजले कहिलै औला उठाएन । सायद उनकी पुर्व पत्नी इशा लामिछानेले यसरि नै अमेरिकी पुरुषसंग अबैध सम्बन्ध राखेर सन्तान जन्माएको भए इशाले उहिलै रबि र समाजको सजाय भोगी सक्नु पर्थ्यो ।

त्यसैले रविले भने जस्तो पुर्ब पत्नीसंगको सम्बन्धमा दरारका कारण एउटी अमेरिकन परस्त्रीसंग अनैतिक सम्बन्ध भयो र नाजायज सन्तान पनि जन्मियो । मतलब आधिकारिक बैबाहिक जिबनमा नबाँधिएको बेलासम्म अनैतिक वा अवैध सम्बन्ध मानिन्छ र अवैध सम्बन्धबाट जन्मिएको सन्तानलाई समाजले नाजायज नै भन्छ ।

त्यसैले म रबि लामिछानेलाई एक अनैतिक सम्बन्ध राख्ने पुरुष भन्न रुचाउछु । किनकि हाम्रो समाजमा परस्त्री वा पुरुषसंग सम्बन्ध राख्नु नाजायज ठान्छ अर्थात अनैतिक सम्बन्ध मानिन्छ ।

तिनै रबि जी आज भन्दा करिब १७ वर्ष अघि नेपालमा माओवादी जनयुद्ध चलिरहदा माओबादीलाइ आतंककारीले बस्न नदिएको निहुमा अमेरिका भागेका थिए । अमेरिकामा उनले सोचेको भन्दा निकै कस्टकर जिबन भोग्नु परेपछि अतालिएर भिजिट भिसामा नेपाल आए र उनी ‘जनतासंग प्रधानमन्त्री’ कार्यक्रम सुरु गरे । त्यो कार्यक्रमको उदघाट केपि शर्मा ओलीले प्रधानमन्त्री भएको बेला गरेका थिए ।

पुष्प कमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएपछि उनको त्यो कार्यक्रम बन्द भयो । त्यसकै प्रतिसोधमा न्युज २४ नेपालमा ‘सिधा कुरा जनतासंग’ कार्यक्रम सुरु गरे । कार्यक्रम सन्चालन गरेसँगै उनी निक्कै चर्चा आए । उनले कार्यक्रम चलाउदै गर्दा केही वाह-वाहि पनि पाए ।

नेपालको कानुनको धज्जी उडाउदै अमेरिकी पासपोर्ट बोकेर ओभर स्टे बसेर दादागिरी देखाउन थाले । लाइभ कार्यक्रम मै दलाल भ्रष्टाचारि मानव तस्कर हत्यारा घोषणा गर्दै हिडे ।

प्रसंगबस पत्रकार तथा वामपन्थी लेखक दिल निशानी मगरले रवि लामीछाने नेपालमा अबैधानिक बसेको तथ्य बोल्दा उनी विरुद्ध पुर्व माओबादी हत्यारा, आतंककारी भन्दै लाइभ कार्यक्रममै घोक्रो सुकुन्जेल चिच्याए । यो काण्ड सेलाउन नपाउदै फेरि उनी गणतान्त्रिक मुलुकमा भुत आतंक मच्चाउन सुरुवात गरे ।

खैर जेहोस, नेपालमा गालीगलौज धेरै बिक्छ । अचेल रबि लामिछाने निकै बिकेका छन्, अर्थात् प्रसिद्ध भएका छन् । आदर्श पनि छाँटी रहेका छन् तर आफ्नै श्रीमतीलाई न्याय दिन नसकेर खोक्रो आदर्श खोकिरहेको यथार्थ अहिले बाहिर आएको छ ।

अहिले उनका फ्यानहरु पुरुष भन्दा नारीहरु धेरै देखिन्छन । रविबिरुद्द लेख्ने कुरा छोडौ, उनलाई सकारात्मक आलोचना गर्दा पनि सामाजिक संजालमा झम्टिन आइहाल्छन । उस्तै परे रिप लेखि हाल्छन । तर यो सब इमोस्नल बल्याक मेलिङको कमाल हो ।

तर वास्तविकता यो पनि हो । दुनियाँलाई न्याय दिन सक्ने महापुरुषले आफ्नै श्रीमतीलाई पनि न्याय दिन सक्नु पर्थ्यो । त्यस्तो देखिएन । खोक्रो आदर्शको पछी दौडिरहेको यो दुनियाँलाई भन्नु केहि छैन । तर पहिले आफ्नो घर बनाए मात्रै समाज बनाउन सकिन्छ अनि देश बन्ने छ । खोक्रो आदर्श छाँटेर उता एउटी नारीले अन्याय भोगिरहेको ब्यथा कसले बुझ्छ ?

नारी सम्बेदनाको सम्मान गर्ने पुरुष र नारीले सबैको भलो चाहान्छन । बोल्न र लेख्न जान्नेहरुले सत्य लुकाएर अन्यायलाई ढाकछोप गर्न सक्छन । सचेत हुनै पर्छ ।

यी सबै लेखकका निजि विचार हुन्  ।

 

२०७५ पुष २१,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको