देशकालागि तिरेको कर, समाजवादी कामरेडको बैंक खातामा किन थुप्रियो ?


टीकाराम वली । सिद्दान्त कम्युनिस्टको बोकेर त्यहीँ राजाहरुले बनाएको संरचना भित्र रसपस खान बानीपरेका लोभीपापीहरु जनतालाई अधिकारको निकै पाठ पढाउने कमरेडहरु..’वाइडबडी प्रकरण’ मात्र होइन सुन कान्डमा नाइकेहरुलाई समेत गुनगाम बनाइयो । राजदरबार हत्या काण्ड त्यसै सेलायो । दासढुंगा हत्या छानबिन नै हुदैन । अनि कमरेडको समाजवादले भुकम्पको बेला भुकम्प पीडितलाई बाडेको जस्तापाताको पनि छानबिन गर्न सक्दैन ।

भन्नै पर्छ कामरेड, समाजवादको करको थुप्रोले पुरिदै छु …!

यसो भनिरहदा करको बिरोध गरेको होइन । देश बिकाशको आय आधार हो कर । त्यसैले देशका हरेक नागरिकहरुले देशका लागि कर तिरेका हुन् तर नागरिकहरुको कर मन्त्रि सांसदहरुको बैंक खातामा थुप्री रहेको छ किन ?

हाम्रो देशमा करलाई मन्त्रि, सांसद देखि जनप्रतिनिधिहरुको जीवनस्तर फेरी दिन मात्रै उपभोग भएको छ किन ? नागरिकको कर हसुरेर बिकाश निकाशमा सिन्को सम्म भाँचिएको छैन किन ?

अचेल माननीय सांसदहरुको घरभाडा प्रकरणले देशमा हल्लाखल्ला मच्चिएको छ । घर हुने माननीयहरुले जनताको करबाट घरभाडा असुली रहेको घटनाले लाज भन्ने चिज कहाँ गयो ? खोज्नु पर्ने बेला आएको छ । मिडियामा छरपस्ट हुँदाहुँदै पनि केहि लाज हराएका सासंदहरुले आँखा चिम्लेर पुष महिनाको घरभाडा पनि बैंकमै थुपार्नु भएछ ।

हामीले बाच्नको लागी प्रत्येक चिजमा कर तिरेका छौ । १२ घन्टा अरुको काम गरेको वापत पनि कर तिर्नुपर्छ । छोरा छोरी स्कुल पढाएको वापत कर तिर्नुपर्ने । जिवनमा बाच्नको लागी चाहिने सबै चिज किन्दा प्रत्येक पाइला कर तिरेर बाच्दा पनि ।हाम्रो प्रतिनिधित्व गर्ने मन्त्री ज्युहरुलाई पुगेको छैन ।

हाम्रो कर हसुरेर आफुलाई राष्ट्रबादी भन्ने कामरेडले आज छोरा छोरीलाई अमेरिका, अस्ट्रेलिया युरोप तिर पढ्न पठाएर पनि पुगेन रे ! हिजो किसान हुँदा गुन्द्रुक र ढिडो खाएर भएपनि पुगेकै थियो । झुपडी भए पनि बाच्नु भएकै थियो । आज सुविधा सम्पन्न महल, सुविधा सम्पन्न गाडी भएर पनि महाशयहरुलाई बाँच्न गाह्रो भएर नै त होला देशको राजस्वमाथि भ्रष्टाचार गर्दै छन् । घुसकान्ड मच्चाउदै छन् ।

अनि सामान्य नागरिकलाई आत्महत्या गर्दा पनि कर तिर्नु पर्छ । नेपाल भन्ने देशको हरेक तह र तप्कामा घुसपैठ र भ्रष्टाचारले जरा गाडेको छ । कहाँ छ बिना घुस बिना भ्रस्टाचार चल्ने ठाउँ ?

यदि कुनै देश बिग्रेको छ भने त्यो भ्रष्टाचार र घुसखोरी पालेर बिग्रेको छ । यदि कुनै पनि देश बनेको छ भने भ्रष्टाचार,घुसखोरी फालेर नै बनेको छ । यदि भ्रष्टाचार नियन्त्रण भएन, राज्यको संरचनाहरु सहि तरिकाले चल्दैन भने सबै ठाउँ नयाँ प्रणाली आवस्यक हुन्छ । भ्रष्टाचार र घुसखोरीलाई फासी हुनुपर्छ सबै संरचना नयाँ निति आवश्यक हुन्छ ।

सरकारले निति नियम घोषणा मात्र गर्ने होइन, मुख्य सवाल कार्यान्वयन गराउने हो । सामान्य नागरिकले न्याय पाएका छन् किन छैनन् भन्ने कुरा राज्यले बुझ्नुपर्छ । अहिले सामान्य नागरिकहरु दबियाका छन् ! हेपिएका छन् । सामान्य मान्छेलाई कलियुग लाएको छ । जहाँ न्याय मिल्छ त्यहा पनि यहीँ घुसपैठ र भ्रष्टाचार मिल्छ । अनि बिद्रोह किन हुन्छ । युद्ध किन हुन्छ । जनताले किन न्याय खोज्छन् र रोज्छन ? जिम्मेवारी कसको हो? यस्ता यादव प्रश्नहरु उठिरहेका छन् ।

विदेश भ्रमण देखी नाता गोता सम्म रमाएकै छौ । आज लोकतन्त्रको पाठ पढाउने पात्रहरुको हातमा केन्द्र देखि स्थानीय स्थर सम्म सरकारको तालाचाबी छ । अघिकारको पाठ सिकाउने पात्रहरु जनताको प्रतिनिधित्व गर्दै केन्द्र देखी स्थानीय स्थर सम्म हातमा जनताको संविधान आयो भनेर मख्ख भै रहनु भएको छ । तर समय बदलियो राजतन्त्रको ठाउँमा लुटतन्त्र । राजाको ठाउँमा झुट तन्त्र, र यसैलाई भन्छन परिवर्तन !

रजाइँ गर्नेहरु, कमिसन खानेहरु भ्रष्टाचार र कालोघन कुम्लाउनेहरु, रातारात करोडौं जम्मा गर्नेहरुलाई पोलपोल र तिनका घरमा नयाँ युग सुरुवात भएको छ । जनताको प्रत्येक पाइला कर आएको छ । युवा युवतीको हातमा हरियो पासपोर्ट आएको छ । समाजवादको नारा भित्र सुविधा सम्पन्न सेवा गज्जब ले पाइयो कमरेड…!

नेता ज्युहरुलाई आजिवन पुग्ने दानापानी जम्मा गर्नु परे लोकतान्त्रिक व्यवस्था जारी गर्नु पर्यो कमरेड …..! सिमानामा पिलर हराएको छ कमरेडको सरकारलाई चिन्ता छैन । तर आउने ठाउँ पाए एकै रातमा कुम्लाउने । जहिले सम्म पद मिल्दैन तब सम्म खुबै रास्ट्रवादी हुन्छौं । जब पद पाएर लोकतन्त्रको रक्षा गर्ने ठाउँमा हुन्छौं । तब लोकतन्त्र नै किन बेचबिखन गर्ने अड्डामा रुपान्तरण हुन्छ ।

एनजीओ आईएनजियोलाई तोकतन्त्रको आधार मान्ने बर्ग दुस्मन बिस्तारवाद र साम्राज्यवादलाई नजिक मित्र ठान्ने । लुटेरा मोडेलको रास्ट्रवाद सुनकान्ड देखी वाइडबडी कान्ड । मदन भन्डारी देखी बिरेन्द्र सम्म सबै हराउने हो । यहाँ विदेशबाट आउने लासमा त ब्यापार चलिरहेको छ । एउटा बलात्कारको घटना त पत्ता लाग्दैन । सबै कारण कानुनी बिभेद संविधानको किनबेच र लोभीपापी राज्य भएर हो ।

भत्केका र भाँचिएका पुर्वाधारहरुमा त घुसपैठ र भ्रष्टाचार चल्छ । हामीले आफ्नो भविस्य आफै बर्बाद बनाएका छौ । किन कि बैधानिक रुपले ति पात्रहरुलाई त्यो ठाउँमा पुराउन हाम्रो भोट मात्र होइन श्रम, सिप, पसिना र रगत समेत बगाएका छौ । दुई चार जना पात्र नेता र ब्याक्ती राम्रो हुँदैमा देश बन्ने अवस्थामा छैन । देश बन्नको लागी भ्रष्टाचार, घुसखोरी र बलात्कारीहरुलाई फासी दिन अनिवार्य छ ।

यदि भ्रष्टाचार, घुसखोरीलाई फासी हुन्छ भने कसैले हरियो पासपोर्ट र गरिबले अकालमा ज्यान गुमाउनु पर्दैन । भत्केका संरचना नयाँ निर्माण पुर्वाधार यहीँ चार बर्ष भित्र पुरा हुनेछ । यदि त्यसो भयो भन्ने नेपालका ईमानदार उधोगीहरुले ठुला ठुला लगानी लगाउने र भित्राउने छन् । लाखौं मानिस स्वदेश मै निर्भर बन्ने छन् । विदेशीको मुख ताकेर बस्नु पर्ने छैन । सबै भन्दा ठुलो रोग भ्रष्टाचार र घुसपैठ हो । यसको समय मै उपचार भयो भन्ने समृद्ध नेपाल मात्र होइन, स्वस्थ नेपाल हुनेछ । अनि नेपालीहरु संग नै देश विकासको आधुनिक अाैंजार तयार हुनेछ ।

(लेखक पुर्ब जनमुक्ति सेना हुन्)

२०७५ पुष २१,शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको