प्रतिबन्धित नेकपाद्वारा काठ तथा ढुंगागिट्टी निकासीमा गर्यो प्रतिबन्धको घोषणा


मङ्सिर १८, उदयपुर । सरकारले प्रतिबन्धको घोसणा गरेको नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उदयपुर जिल्लामा बालुवा गिटि ढुंगा तथा काठ निकासीमा प्रतिबन्ध लगाएको घोसणा गरेको छ।

मंसिर १८ गते बिप्लब नेतृत्वको नेकपाको जिल्ला जनपरिषद प्रमुख नरसिंहले एक बिज्ञप्ति जारी गर्दै उदयपुरमा अवैधानिक तथा गैरकानुनी रुपमा ढुंगा गिटि बालुवा तथा काठको तस्करिको धन्दा व्यापक रुपमा फस्टाएको भन्दै प्रतिबन्धको घोसणा गरेको हो।

जनताको स्वास्थ्यमा प्रतिकुल असर हुने गरि प्राकृतिक स्रोतको दोहन गर्ने काम तिब्र भएको प्रती आफुहरुको गम्भीर ध्यानाकर्षण भएको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ।

भ्रष्ट सरकारी कर्मचारी जनप्रतिनिधि तथा ठेकेदारले स्थानीय दलाल तस्करसगको मिलेमतोमा अबैध उत्खननको धन्दा चलाएर चुरे क्षेत्रको विनाश गर्न लागि परेको नेकपाले आरोप लगाएको छ। यही गतिमा अबैध रुपमा ढुंगा गिटि बालुवा उत्खनन जारी रहेमा उदयपुरको उर्भर भुमी केहि वर्ष भित्रै मरुभूमिकरणको चपेटामा पर्ने खतराप्रती सचेत गराउदै आफुहरुले यस्तो कदम चालेको नेकपाको दाबी छ।

उसले नेपालमा अवैध तथा गैरकानुनी रुपमा उत्खनन गरिएको बालुवा तथा गिटि ढुङ्गा भारत निकासी गरेर भ्रष्ट कर्मचारी तथा जनप्रतिनिधिले रास्ट्रघात गरेको आरोप पनि लगाएको छ।

बेलका नगरपालिकाका जनताले अवैध ढुङ्गा गिटि उत्खनन विरुद्ध थालेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै बेलकामा गिटि ढुंगा उत्खनन गरिरहेको बिपि कन्स्ट्रक्सनलाई तत्काल काम रोक्न प्रतिबन्धित नेकपाले चेतावनी दिएको छ।

लामो समयदेखी बन फडानि गरि उपभोक्ता समिती तस्कर तथा जिल्ला बन कार्यालयका कर्मचारीको मिलेमतोमा काठ तस्करी भएको भन्दै जङ्गलबाट काठ कटानी तथा निकासिमा प्रतिबन्ध लगाएको नेकपाले जनाएको छ।

यस्तै कटारिको वडा न १,२,३,४ र १२ मा मारुती सिमेन्टका लागि चुनढुङ्गा सप्लाइ गर्ने शिवओम मल्टी पर्पोज कम्पनिले अवैध उत्खनन गर्दै तावा तथा ककुर खोला किनारका हजारौं बिघा जमिन मरुभूमिमा परिणत गराएको भन्दै तत्काल काम रोक्न नेकपाले चेतावनी दिएको छ।

भने बैकल्पिक राजमार्ग निर्माण गरिरहेको JICE लामा सर्मा कम्पनिले त्रियुगा नगरपालिका वडा न.७ चुहाडे, चौदण्डि नगरपालिका २ लामाखोला किनार तथा कटारी नगरपालिका वडा न.५ भोर्लेमा तस्करसग मिलेर अवैध रुपमा ढुंगा गिटि बालुवा उत्खनन गरि निकासी गरेको भन्दै क्रसर बन्द गर्न भनेको छ।

रास्ट्रको प्राकृतिक स्रोतको रक्षा तथा जनताको जिउधनको सुरक्षाको निम्ति जस्तोसुकै कदम चाल्ने जनाउदै नेकपाले बिज्ञप्तिमा उल्लेखित आफुहरुको निर्देशन नमाने कारवाही गर्ने भन्दै पछि उत्पन्न परिस्थितिको जिम्मेवार आफुहरु नहुने पनि उसले चेतावनी दिएको छ।

१८ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको