पिकप भ्यान दुर्घटना हुँदा २ को मृत्यु, १४ जना घाइते


मङ्सिर १८, काठमाडौँ । गढीमाई मेलाबाट श्रद्धालु लिएर फर्किदै गरेको पिकप दुर्घटना हुँदा महोत्तरीको बर्दिबासमा दुईजनाको ज्यान गएको छ ।

फाइल तस्बिर

घाइते दुवैजनाको शुभ स्वस्तिक हस्पिटल बर्दिबासमा उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । चारजनाको अवस्था गम्भीर छ ।

धनुषाको धनुषाधाम नगरपालिका-३ का ८० वर्षीय सुन्ताला देवी साह र भारतको बिहार जयनगर चितैयाकी ६५ वर्षीया बरतीया देवी महतोको ज्यान गएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी निशान थापाले जनाए । पूर्व-पश्चिम राजमार्गस्थित बर्दिबास-५ को जंगल क्षेत्रमा बुधबार बिहान पाँच बजेतिर दुर्घटना भएको हो ।

विपरित दिशाबाट आइरहेको ट्रकलाई साइड दिने क्रममा ना ५ च १२२७ पिकप दुर्घटनामा भएको हो । चारजना गम्भीर घाइतेलाई बर्दिबासबाट थप उपचारको लागि धरान पठाएको छ ।

अन्य घाइतेको उपचार शुभ स्वस्तिक हस्पिटलमा भइरहेको छ । धनुषाधाम नगरपालिका ३ का पिकप चालक दुर्योधन महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

१८ मंसिर २०७६, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको