युएईमा ‘बलिहाङ तङ्नाम बनभोज कार्यक्रम २०१९’ सम्पन्न


कातिक १८, युएई । युएईमा लिम्बू समुदायको मौलिक परम्परागत चाडहरु मध्ये बिशेष प्राथमिकताका साथ मनाउदै आईरहेको बलिहाङ तङ्नामको अवसरमा किरात याक्थुङ चुम्लुङ, युएई (कियाचु, युएई) द्वारा आयोजित ‘बलिहाङ तङ्नाम बनभोज कार्यक्रम २०१९´ सम्पन्न भएको छ ।

मायालु कान्छा बिराज केरुङ संयोजक रहेको कार्यक्रम १ नोभेम्बर २०१९ शुक्रबारको दिन दुबईको जाफ्लिया मेट्रो टेशन नजिकै रहेको जाबिल पार्कमा मनाएको हो ।

कियाचु युएईका अध्यक्ष गजबहादुर वनेम `टेक´को अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालक कियाचुका महासचिव शुबास बेघाले गरेका थिए भने स्वागत मन्तब्य सचिव बिक्रम पन्धाकले गरेका थिए । त्यस्तै शुभकामना मन्तब्य दिनेमा कियाचुकै पुर्व महासचिव डम्बर लिबाङ थिए ।

खष भाषा र हिन्दु धर्म, संस्कृति संगै युवा पुस्तामा स्थानान्तरण हुँदै गएको पश्चिमा संस्कृतिको प्रभाब र अतिक्रमणका कारण लोप हुदै गएको लिम्बू समुदायको मौलिक पराम्परागत भाषा, धर्म, संस्कृति तथा भेष-भुषाको संरक्षण र बिकास गर्ने उदेश्यले सन २००५ मा स्थापित भएको थियो ।

युएईमा रहेका लिम्बूहरुको साझा संगठन  `कियाचु, युएईद्वारा हरेक बर्ष आयोजना गरिदै आएको  ‘बलिहाङ तङ्नाम बनभोज कार्यक्रम’ लाई निरन्तरता दिने क्रममा सदा झैं यस बर्ष पनि लिम्बू समुदायको मौलिक भाषा, धर्म, संस्कृति, भेष-भुषा र ईतिहास सम्बन्धित विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा खेलकुद सहित आयोजना गरिएको छ ।

‘बलिहाङ तङ्नाम बनभोज कार्यक्रम २०१९’ मा उत्कृष्ट लिम्बू पहिरन पुरुष तर्फ राम कुरुम्बाङ र महिला तर्फ मोना लिम्बू `थेवे´ छानिएका थिए भने लिम्बू  भाषा, धर्म, संस्कृति, भेष-भुषा तथा ईतिहासमा आधारित प्रश्नहरु सोधिएको हाजिरी जवाफ प्रतियोगितामा क्रमश: जीवन आङ्बुङ, रामसिङ  आङ्थोप, मेख योङ्हाङ प्रथम, दृतिय र तृतीय हुन सफल भएका थिए ।

यस कार्यक्रमको हण्डीफोर प्रतियोगितामा संघिय लिम्बुवान सामाजिक मंच, युएईका बर्तमान अध्यक्ष लासाङ निङ्लेकू  प्रथम भएका थिए । कार्यक्रमको बिशेष आकर्षण बनेको प्रतियोगितात्मक डोरी तान्ने खेलमा महिला तर्फ अल ऐन र दुबई समूह पुरस्कृत हुन सफल भयो भने पुरुष तर्फ वनेम परिवार र शेर्पा परिवार समूह पुरस्कृत भएका थिए भने छेलाे `पलुङ´काे बिजेता बिकास वनेम थिए ।

खेलमा बिजय बिजेताहरुलाई थाेरै नगद र प्रमाण पत्र सहित सम्मान गरिन्ने भकाे छ ।

साधेको अचार, सेलरोटी, चिया  र तरकारीको खाजा खाएसंगै दिनको ११ बजे सुरु भएको यस कार्यक्रममा सहभागी दाजु-भाई तथा दिदि-बहिनीहरुले विभिन्न प्रतियोगितात्मक कार्यक्रम तथा खेलकुद सहित धान नाचेर भरपुर आनन्द लिए ।

१८ कार्तिक २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको