ब्रिटिस सैनिकमा नेपालीमाथि भएको असमानता कांग्रेसलाई स्वीकार्य छैन: सहमहामन्त्री महत


कात्तिक १८, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले नेपाली कांग्रेस ब्रिटिस सैनिकहरुको तलब र सेवा सुबिधा बराबर हुनुपर्छ भन्ने पक्षमा रहेको बताएका छन ।

भुतपुर्व गोर्खा सैनिक र नागरिक समाजले राजधानीमा गरेको कार्यक्रममा सहमहामन्त्री महतले ब्रिटिस सैनिकमा नेपाली भएकै कारण तलब सेवा सुबिधामा विभेद हुनु निकै दुखद भएको बताए ।

तलब सेवा सुबिधा समान नभए ब्रिटिस सरकारलाई बिर्टिस सैनिकमा नेपालीलाई नपठाउने चेतावनी दिन पनि सरकारसंग आग्रह गरे । नेता महतले आफू परराष्ट्रमन्त्री हुँदा पनि यो बिषयमा सशक्तरुपले उठाएको स्मरण गर्दै यो समस्या समाधानका निम्ति नेपालका लागि बेलायतका राजदुत मार्फत बेलायत सरकारलाई ब्रिटिस सैनिकमा तलब सेवा सुबिधा बराबरी गर्नका लागि चिठी समेत पठाएको उल्लेख गरे ।

आफुले ब्रिटिस सैनिकका समस्या समाधानका लागि धेरै कामको सुरुवात गरेको भन्दै अहिलेको सरकार ती कामलाई पूरा गर्न गम्भीर बन्नु पर्ने उनको भनाई थियो । उनले नेपालीले ब्रिटिस सेना भन्दा पनि काम बढी गर्ने तर सेवा सुबिधा भने कम पाउने कुरा न्यायोचित नभएको दाबी समेत गरे ।

१८ कार्तिक २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको