समाजिक क्षेत्रमा कृयाशिल बन्दै साईनो


कात्तिक १८, काठमाडौँ । महानगरीय प्रहरी प्रभाग बलम्वु र रिलेशन अफ ह्युमेनिटि साईनोले चन्द्रागिरिको मातातिर्थमा रहेको बृद्धा आश्रमा एक दिने भोजन कार्यक्रम सम्पन्न भएको छ ।

समुदाय प्रहरी साझेदारी अन्तर्गत साईनोको सहकार्यमा म बाचेकै सबैलाइ माया गर्न,म बाचेकै मानब्ता जोगाउन,आउनुस एक छाक तपाईं छोड्नुस एक छाक म छोडौला अनि देखिनेछ मन्द मुस्कान ती हरेक भोकले सोकमा परेका नेपालीहरुको ओठमा भने नाराको साथ एक दिने वृद्धाआश्रमका आमाहरुलाई खान खुवाउने कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका संयोजक अविषेक श्रेष्ठले समाजको रुपान्तरण आफै वाट हुनु पर्ने बताउदै समाजमा भएका बिकृतिहरुलाई हटाउदै सोच्छ समाज निमार्ण अभियानमा लाग्ने बताए ।

कार्यक्रममा महानगरीय प्रहरी प्रभाग बलम्वुका प्रहरी निरीक्षक शंकर खड्काले समुदाय प्रहरी साझेदारी मार्फतनै समाजमा भएका हरेक गतिविधिहरुलाई निराकरण गर्दे जाने र हरेक सामाजिक गतिविधिलाई सवैको साथ र सहयोगवाट अगाडी वढाउने बताए ।

साईनोले देशका विभिन्न उत्पिडनमा परेका वर्ग समुदायका लागि काम गर्ने लक्षका साथ अगाडी वढीरहेको छ । केहि महिना अगाडी मात्र उक्त समुहले चेपाङ्ग वस्तिका वालवालिकाहरुलाई शैक्षिक समाग्री र लत्ता कपडा समेत वितरण गरेको थियो ।

१८ कार्तिक २०७६, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको