दशैंमा कस्तो रहला मौसम ? यस्तो छ तीन दिनको मौसम पूर्वानुमान


असोज १७, काठमाडौं । अहिलेसम्मकाे अनुमानअनुसार पानी पार्ने प्रणाली मनसुन दिनप्रतिदिन कमजोर हुँदै गएको मौसमविद्ले बताएका छन्। दसैंमा वर्षाले खासै असर नपुर्‍याउने उनीहरूको अनुमान छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार दसैं अवधिभर मनसुन नबाहिरिने भए पनि सामान्य, क्षणिक वर्षाबाहेक त्यस्तो ठूलो पानी पर्ने सम्भावना छैन ।

वर्षा भए पनि छिटफुट, क्षणिक र सामान्य खालको मात्र हुने सम्भावना रहेको बताइएको छ । भारतको पूर्वी उत्तर प्रदेश तथा बिहार आसपास निम्न चापीय प्रणाली रहेको र अर्को निम्न चापीय प्रणाली भारतको पश्चिम बंगाल तथा बंगलादेश आसपास रहेकोले त्यसैको सामान्य प्रभाव नेपालको मौसममा पनि परेको महाशाखाले जनाएको छ ।

आजको अवस्था के छ ?

आज देशैभर आंशिकदेखि सामान्यसम्म बदली रहने छ भने केही स्थानमा सामान्य वर्षा हुने सम्भावना रहेको मौसमविद्को भनाई छ । तर भारी वर्षाको सम्भावना भने नरहेको बताइएको छ ।

यस्तो छ ३ दिनको मौसम अनुमान

असोज १७ गते शुक्रबार

दिउँसो : देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली र पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। मध्य तथा पूर्वी भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको र पश्चिमी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशका मध्य तथा पूर्वी भूभागमा सामान्य बदली तथा पश्चिमी भूभागमा आंशिक बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने पश्चिमी भूभागका १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १८ गते शनिबार

दिउँसो : देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशका मध्य तथा पूर्वी भूभागमा आंसशकदेखि सामान्य बदली रही थोरै स्थानमा र पश्चिमी भूभागमा आंसशक बदली रही १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

असोज १९ गते आइतबार

दिउँसो : देशका मध्य तथा पूर्वी भूभागमा आंसशकदेखि सामान्य बदली रही थोरै स्थानमा र पश्चिमी भूभागमा आंसशक बदली रही १ वा २ स्थानमा हल्का वर्षाको सम्भावना छ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ।

१७ आश्विन २०७६, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको