कांग्रेस र राजपाले सोमबारको संसद पनि चल्न नदिने


साउन १९, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी, नेपालले सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसाल र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद लक्ष्मणलाल कर्णले सोमबार बोलाइएको प्रतिनिधि सभा बैठक पनि अवरुद्ध पार्ने चेतावनी दिएका हुन् ।

आइतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै काँग्रेस सचेतक भुसालले सर्लाही घटनाको छानविनका लागि संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने अडान राखिन् ।

उनले लोकतन्त्रको पक्षमा, संसदीय अभ्यासको पक्षमा र मानव अधिकारको पक्षमा सरकार छ भने उसले सो घटनाको छानवीनका लागि संसदीय समिति गठन गर्नुको विकल्प नरहेको पनि बताइन् ।

त्यसैगरी राष्ट्रिय जनता पार्टी, नेपालका सांसद कर्णले सर्लाहीमा ३ जना नागरिकको राज्य पक्षबाट गैरन्यायिक ढंगले हत्या भएको दावी गर्दै त्यसको तथ्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नभएसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने स्पष्ट पारे ।

त्यसैगरी सरकारले पटकपटक प्रतिवद्धता जनाएको गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन पनि सार्वजनिक नगरेसम्म संसद बैठक चल्ने नदिने उनको भनाइ थियो ।

१९ श्रावण २०७६, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको