भुकुम्प पिडितलाई पालमुनि बिचल्ली पारेर, लम्पसारबादीहरुको चाकडी ‘आईफा अवार्ड’ !


रेशम रोका मगर ।

भारतीय फिल्म अवार्ड गर्न सरकारले ठूलो धनराशी खर्च गर्न लागेको छ। आईफा अवार्ड आयोजना गर्न सरकारले खर्चिन लागेको रु १ अर्ब रकममा, भुकुम्पपिडित २ हजार परिवारले बलियो छानो पाउँछन ।

भुकम्प, बाढी, हुरी र आगलागी पीडितलाई छानो छैन, विदेशीको चाकडीको लागि १ अरब वा रे मेरो सरकार, चाकडीको नौलो राष्ट्रवाद ।

नेपाल पर्यटन बोर्डका सीईओ दिपकराज जोशीको नागरिकता छानबिन गरिनु पर्छ। आफनै देश भित्र भएको सास्कृतिक पर्यटन सम्पदाहरुलाइ नजिकबाट निहाल्न नसक्ने बोर्डको सिईओ छन। भारतीय सस्कृतीलाई नेपाल भित्र्याएर महान बन्न खोज्नु उनी रास्ट्रघाती हुन।

आईफा जस्तो विश्वस्तरीय अवार्ड आयोजना गर्न पाउनु नेपालका लागि ठूलो अवसर भएको उनले बताएका छन । यो अभिव्यक्तिबाट स्पष्ट छ कि, उनी कति देशभक्त हुन भन्ने दिपकराज जोशीलाई पदमुक्त गरिनु पर्छ।

सरकारी खर्चमा आईफा अवार्ड गर्न लागेको पर्यटन बोर्डको सिईओले स्वीकार गरिरहदा सरकारको प्रबक्ता सुचना मन्त्री र अर्थ मन्त्रीले आफू र सरकारलाई केही जानकार छैन भन्नू कत्तीको मुनासिब हुन्छ । स्पष्ट रुप छर्लङ्ग देखिएको छ, भारत प्रतीको झुकाब । होटल, हवाइ भाडा र काठमाडौं भित्रको यातायातमा हाम्रो खर्च हुन्छ। यसबाहेक आयोजकले ५० लाख डलर मागेको छ।

साच्चै भन्नुपर्दा भुकम्प पीडितलाई घर बनाउन सरकारले इच्छा राख्ने हो भने ५ लाखमा धुर्मुसले बनाए जस्तो घर २ हजार बन्छन । राजनैतिक लम्पसारबादी, सांकृतिक लम्पसारबादको खुल्ला नाङ्गो नाच हो भारतीय बलिउडको नौटङ्गी आईफामा खर्चनु भनेको ।

नाकाबन्दीको गन्द अझै गहनाइ रहेको छ नेपाली मन मुटुमा । टुरिजम यसरी प्रमोट हुदैन र कोहि पनि टुरिष्ट भारतीय नौटङ्गी देखायो भने गोरा टुरिष्ट ह्वार्र ह्वार्ति आउने हैनन – बरु भाग्छन । यसको सट्टा पाटनको महाकाली नाच, भैरब नाच, डबली नाच, भक्तपुर, पुर्बमा नाच्ने हुरा, मारुनी, धान नाच पश्चिम्मा नाच्ने सालिजो, लोक मझेरी मध्यपश्चिममा नाचिने ट्प्पा, सुदूरपश्चिममा नाचिने देउडा तराइमा थारु, मैथली हिमालमा नाचिने सेलो र जाती जनजाती आफ्नै देशको मौलिक पर्यटकीय सस्कार सस्कृतीको हेर्न आउने हुन् – तिनीहरुलाई ब्यबस्थित गरौ |

सैनिक मुख्यालयभित्रको संवेदनशील क्षेत्र २० दिन भारतीयहरुको नियन्त्रणमा रहनु। एउटा स्वाधिन मुलुकको सैनिक मुख्यालय क्षेत्र २० दिन अरु देशको कब्जामा दिनु बिडम्नापूर्ण हुनेछ।

चार हजार दर्शक हट्ने कार्यक्रम स्थलको व्यबस्थापन गर्नुपर्ने र कार्यक्रम स्थल २० दिन भारतीय पक्षले प्रयोग गर्नेछ । भारतीय पक्षले सैनिक मुख्यालयको सामुन्ने फुटबल मैदानलाई नै किन रोजेका छन्? सीईओ ले बताए अनुसार यो अबसर नेपालले अबको ५० वर्षमा पनि नपाउने दाबी गरेका छन ।

आखिर त्यो अबसरबाट नेपाल र नेपालीले के फाइदा हुन्छ र लिन्छ्न? लाज लाग्दैन जनताको हड्डी घोटेर तिरेको करबाट लम्पसार हुन ?

सक्छौं भने हाम्रो आफ्नै सांस्कतिक उत्सवहरु प्रवर्द्धन गर, मठ मन्दिर व्यवस्थापन गर, प्राकृतिक स्रोतहरूको सदुपयोग गर। लुटको धन फुपुको श्राद्ध भन्ने उखान चरितार्थ नगर।

२०७६ असार १९,बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको