जेठ २१, काठमाडौँ । ५ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयले दाङका तीन जनासहित प्रदेशका १३ जना ट्राफिकलाई उत्कृष्ठ ट्राफिक प्रहरी कर्मचारीका रुपमा पुरस्कृत गरेको छ ।
ट्राफिक व्यवस्थापन एवं जिम्मेवारी पालनामा देखाएको अनुशासनको मूल्यांकन गर्दै दाङका तीन जनासहित पाँच नम्बर ट्राफिक प्रहरी कार्यालयले १३ जना प्रहरीलाई पुरस्कृत गरेको हो ।
ट्राफिक प्रहरी पोष्ट भालुबाङका इन्चार्ज प्रहरी नायब निरिक्षक बिबेक महरा, जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीमा कार्यरत मेजर हवल्दार टेकबहादुर कुसारी र प्रहरी जवान लालबहादुर देउवालाई प्रदेश ट्राफिक कार्यालयले पुरस्कृत गरेको हो ।
पुरस्कृत हुनेहरु अन्यमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीमा कार्यरत प्रहरी निरिक्षक बेदबहादुर पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक हिरेन्द्रबहादुर रोकाय, ईलाका प्रहरी कार्यालय पिपरा कपिलवस्तुमा कार्यरत प्रहरी नायव निरिक्षक ज्ञानप्रसाद ज्ञवाली, जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी नायव निरिक्षक ओमप्रसाद पौडेल पुरस्कृत भएका छन् ।
यस्तै पाँच नम्बर ट्राफिक प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार देबीप्रसाद पौडेल, ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका गोविन्द कुँवर, प्रहरी चौकी स्याउलीबाङका प्यूठानका प्रहरी जवान देवबहादुर सुनार, पाँच नम्बर ट्राफिक प्रहरी कार्यालयका प्रहरी जवान जितेद्र कुँवर, महानगरिय ट्राफिक प्रहरी महाशाखा काठमाडौमा दरबन्दी रहेका प्रहरी जवान कृष्णप्रसाद पाण्डे र ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रहरी जवान दिनेश चौधरी रहेका छन् ।
आफ्नो जिम्मेवारी सफलतापूर्वक पुरा गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिएको पाँच नम्बर ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
प्रतिक्रिया दिनुहोस