फोरम नेताले वडाध्यक्षलाई ईट्टाले हाने


नितेश यादव/वैशाख २१ धनुषा । धनुषाको बटेश्वर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष हिरालाल महतोलाई कार्यकक्षमै संघीय समाजवादी फोरम नेपालका नेता राजकिशोर महतोले कुटपिट गरेको आरोप लागेको छ ।

नेता राजकिशोर महतो गत प्रदेशसभा निर्वाचनमा फोरमको तर्फबाट उम्मेदवार समेत रहेका थिए । प्रदेश नम्बर २ सरकारले सशर्त अनुदान अन्तर्गत गाउँपालिकालाई उपलब्ध गराएको ५० लाख रुपैँयाको योजनाबाट आफूलाई दिन दवाव दिएपछि उत्पन्न विवादले उग्ररुप लिदा नेता महतोले वडाध्यक्ष महतोमाथि ईट्टा प्रहार गरेको बताइएको छ । इटा प्रहारबाट उनको हातमा चोट लागेको छ ।

कार्यालयमा छलफल चलिरहँदा राजकिशोर एकाएक आएर अनावश्यक बखेडा झिकेकोपछि विवाद भएको थियो । सोही क्रममा आफूमाथि इट्टा प्रहार गरेको वडाध्यक्ष महतोले जानकारी दिए ।

यता नेता महतोले भने वडाध्यक्षले थप्पड हानेपछि आफूले पनि ईट्टा प्रहार गरेको प्रतिक्रिया दिएका छन् ।

२१ बैशाख २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको