‘मेरो सरकार’ भनेको विषयलाई विवादमा तान्नु’ लोकतन्त्रको उपहास: प्रधानमन्त्री


बैशाख २१, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनेको विषयलाई विवादमा तान्नु भनेको लोकतन्त्रको उपहास गरेको ठहर्ने बताएका छन् ।

सरकारी निवास बालुवाटारमा शनिबार बिहान पत्रकारहरुसंगको  भेटमा प्रधानमन्त्रीले राष्ट्रपतिले मेरो सरकार भनेको विषयमा स्पष्ट पार्दै अन्तर्राष्ट्रिय अभ्यासलाई सबैले बुझ्नुपर्ने बताएका हुन् ।

उनले राष्ट्रपतिले मेरो सरकार भन्ने हैसियतका साथ संसदबाट निर्वाचित हुने भन्दै अन्तर्राष्ट्रिय अभ्यास अनुसार नै राष्ट्रपतिले मेरो सरकार भनेको दाबी गरे ।

प्रधानमन्त्री ओलीले मेरो सरकार भन्ने अत्यन्तै सामान्य अन्तर्राष्ट्रिय अभ्यासको विरोध गर्नु भनेको आफैले स्थापना गरेको प्रणालीको गरिमालाई नबुझेको र उपहास गरेको ठहरिने दाबी गरे ।

‘मैले मेरो देश भन्छु। मैले मेरो देश भन्दा अरुको देश होइन भनेको हो र?,’ प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति देशको अभिभावक हो। राष्ट्रप्रमुख पनि हो। संस्था हो।’

मेरो सरकार भन्ने अर्थलाई सञ्चारमाध्यम र बौद्धिक बर्गले फराकिलो ढंगबाट बुझ्नुपर्ने उनले बताए। ‘मैले व्यक्तिगत कुरा गरिराखेको छैन। राष्ट्रप्रमुखको हैसियतमा यो सरकार राष्ट्रपतिकै हो,’ प्रधानमन्त्री ओलीले भने।

मेरो सरकार भन्ने अभ्यास अरु देशहरुमा पनि हुने उनले बताए। भारतमै यस्तो प्रचलन रहेको भन्ने थाहा नपाउँदा अचम्म लागेको उनको भनाइ छ। ‘माइ गभर्मेन्ट भन्ने चलन छ,’ उनले भने।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने क्रममा राष्ट्रपतिले मेरो सरकार भनि सम्बोधन गरेको विषयमा चौतर्फी विरोध भएको थियो ।

यसले पुरानै राज्यप्रणालीको झल्को दिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कडा विरोध गरेको थियो ।

२१ बैशाख २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको