डीएसपी ढुंगेल विवादमा तानिए, गृहमन्त्रालयले गर्यो निलम्बन


बैशाख २१, काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी कुमोद ढुंगेल निलम्बनमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले उनलाई निलम्बन गरेको हो । गत चैत २६ गते महानगरीय अपराध महाशाखाको टोलीले रानीबारीमा भएको एक डकैटी प्रकरणमा पक्राउ परेका विकास श्रेष्ठसँग घटनाअघि डीएसपी ढुंगेलको मोबाइल सम्पर्क र भेटघाट भएको खुलेपछि निलम्बनमा परेका हुन् ।

श्रेष्ठसहितको समुहले लालेन्द्र लालचनको घरमा पसेर धारिलो हतियार देखाउँदै ५ लाख ६० हजार रुपैयाँ बराबरको लुटपाट गरेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

२१ बैशाख २०७६, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको