युट्युवमा आयो नन्दिताको पछिल्लो चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ [भिडियोसहित]


चैत, काठमाडौं । कुनै समय नेपाली रजतपटमा निकै रुचाइएकी नायीका नन्दिता केसीको पछिल्लो चलचित्र ‘अमेरीकन बाबु मेड इन नेपाल’ सार्वजनिक गरिएको छ।

अमेरिकामा निर्माण गरिएको र अमेरिका र क्यानडामा रुचाइएको चलचित्र ‘अमेरिकन बाबु मेड इन नेपाल’ सिधै यूटुयुवमा रिलिज गरिएको हो।

चलचित्रका निर्देशक तथा निर्माता बाहिर रहेको र नेपालमा बितरक तथा हलवालासँग बारम्बार ताकेता गर्न नसकेको कारण फिल्म सिधै ड्रिम्स गेट नेपालको अफिसियल युट्युव च्यानलमामा रिलिज गरिएको निर्देशक इश्वर थापाले जानकारी दिए ।

ड्रिम्स गेट नेपालको व्यानरमा निर्माण गरिएको चलचित्र अमेरीकन बाबु मेड इन नेपालले लगानिको ८० प्रतिशत यूएसए र क्यानडाबाट उठाइसकेको छ।

बाबु बोगटी, नन्दिता केसी, स्मृति पोखरेल, एहशान ढकाल, राजेश गुरुङ, क्रिस थापा, अन्जली लामा, प्रवेश उप्रेती पल, प्रियंका आएर, रघु गिरि, जंगबु शेर्पा, सुरेन्द्र बास्तोला लगायतका कलाकारको अभिनय रहेको चलचित्र राजेश गुरुङ, मन्जु राना र सम्झना उप्रेतिले निर्माण गरेका हुन्।

२१ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको