प्रधानमन्त्री र सातै प्रदेशका मुख्यमन्त्रीबीच बालुवाटारमा भेटवार्ता


चैत २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सातै प्रदेशका मुख्यमन्त्रीले भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

छलफलमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट सहभागी छन् ।

केन्द्र र प्रदेश सरकारबीच मतान्तर अझै अन्त्य नभएकाले यो छलफललाई महत्वका साथ हेरिएको छ । बैठकमा केन्द्र र प्रदेश सरकारका कामकारबाही तथा समन्वयका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलको क्रममा प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुलाई आवश्यक निर्देशन दिने बुझिएको छ ।

२१ चैत्र २०७५, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको