पाकिस्तानले आफ्नै देशमा निर्मित फाईटर विमानले भारतीय लडाकु विमान ध्वस्त पारेको खुलासा


फागुन २०, काठमाडौँ । पाकिस्तानले भारतीय वायु सेनाको विमान खसाल्न आफ्नै मुलुकमा निर्मित विमान प्रयोग गरेका पुष्टि भएको छ ।

गत बुधवार जम्मु कश्मीरको बडगाम नजिकै भारतीय वायुसेनाको विमान पाकिस्तानले आक्रमण गरेर खसालेको थियो ।

उक्त आक्रमणमा भारतले अमेरीकन निर्मित एफ १६ विमान प्रयोग गरेको बताईरहदा पाकिस्तानले भने चीन र पाकिस्तानले संयुक्त रुपमा निर्माण गरेको जेएफ १७ थन्डर नामक फाईटर जेट नामक विमानको प्रयोग गरेको खुलासा भएको छ । उक्त समाचार अमेरीकाको केवल न्युज नेटवर्कले प्रकाशित गरेको छ ।

भारतको दाबी पछि अमेरीकाले एफ १६ लडाकु विमान प्रयोग भए नभएकोबारे अनुसन्धान गर्ने घोषणा गरेको थियो । पाकिस्तानले यसअघि अमेरीकाबाट खरिद गरिको उक्त विमान अन्तरदेशीय लडाईमा प्रयोग नगर्ने सम्झौतापछि ल्याईएको थियो ।

पछिल्लो आक्रमणमा प्रयोग भएको जेएफ १७ थन्डर विमान भने चीन र पाकिस्तानले संयुक्त रुपमा बनाउदै आएका छन् । भारतले पाकिस्तानी एयर स्पेसमा उडाएको एमआईजि २१ रुसी डिजाईजमा बनेको पनि बताईएको छ । यो विमान भारतीय सेनाले १९६० देखि प्रयोग गर्दै आएको जनाईएको छ ।

उता भारतीय विमान आक्रमण गरी नियन्त्रणमा लिएका भारतीय पाईलट फिर्ता गरिसकेपछि पनि दुई मुलुकबीच द्धन्द जारी छ ।

२० फाल्गुन २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको