अखिल क्रान्तिकारी बाँकेद्धारा शैक्षिक हडतालको घोषणा


फागुन २०, बाँके । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपाको बिद्यार्थी संगठन अखिल क्रान्तिकारीले एक दिने शैक्षिक हड्तालको घोषणा गरेको छ ।

क्रान्तिकारी बाँकेले जिल्ला सचिवालय सदस्य सुनिल वटालालाई प्रहरीले गिरफ्तार गरेको बिरोधमा बन्द आयोजना गरेको क्रान्तिकारीका भेरी इन्चार्ज पुष्प न्यौपानेले बताएका छन ।

बटालालाइ संगठनको कामको शिलशिलामा गिरफ्तार गरिएको अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष मदन चन्दको बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिना कारण गिरफ्तार गरिएकोले एक दिन बाके भरीका सबै शैक्षिक सस्था बन्द गरेर शैक्षिक अधिकार स्थापना गर्ने अभियानमा सहयोग गर्न अपिल गरेका छन ।

आफ्नो सगठनका नेतालाइ अपहरणशैलीमा बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै मसाल जुलुस र बन्दको कार्यक्रम सार्वजनिक गरेका छन । अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष मदन चन्दले आज विज्ञप्ति जारी गरी उक्त गिरफ्तारीको निन्दा गर्दै संघर्षका कार्यक्रम घोषणा गरेकाहुन ।

हेर्नुस बिज्ञप्ती सहित

२०७५ फाल्गुन २०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको