रोल्पामा खुम बहादुरको झल्को दिनेगरी बर्षमान पुनले नेकपामाथि दमन सुरु गरे: प्रयास


फाल्गुन २०, रोल्पा । नेत्रबिक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका दुइ नेता टिकाराम परियार र लाल बहादुर सुनारलाइ सोमबार प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार हुने दुबै नेता पार्टी जिल्ला कमिटि सदस्य रहेेेेको नेेेकपालेे जनाएको छ ।

परियार दलित राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य तथा अर्का गिरफ्तार सुनार दलित राष्ट्रिय मुक्तिमोर्चा रोल्पाका पूर्व अध्यक्ष भएको जनाएको छ ।

सोमबार बिहान आफ्नो नीजि काममा व्यस्त भइरहेको बेला प्रहरीले विनाकारण अपहरण शैलीमा गिरफ्तार गरेको नेकपा रोल्पाले जनाएको छ । रोल्पाका सेक्रेटरी प्रयासले सोमबार नै एक प्रेस विज्ञप्ती जारीगरि विनाकारण आफ्ना नेताहरु प्रति गरिएको गिरफ्तारीलाइ भर्त्सना गरेका छन् ।

बेकसुर नेताकार्यकर्ताको घरमा खानतलासी गर्ने, परिवारका सदस्यलाई आतकं सृजना गर्ने र शान्तिपूर्ण कार्यक्रममा दमन गर्ने घटनाहरु भैरहेको भन्दै आपत्ति जनाएका छन् ।

केही दिन अघि मात्र पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासको भावाङमा रहेको घरमा खानतलासी गर्ने र परिवारका सदस्यलाई आतकं सिर्जना गर्दै बिगतको रोमियो अप्रेसन र दार्बोट अप्रेसनको झझल्को दिने हर्कत गरेको प्रयासले बताएका छन् । रोल्पाको बाच्छे लगायत कयौं ठाउँमा जनतालाई कुटपिट गरेको, होलेरीमा विद्यार्थीको सम्मेलनलाई भाड्ने काम भएकोे विज्ञप्तीमा उल्लेख छ ।

बिगतमा जनयुद्ध दबाउन रोल्पामा खुम बहादुर खड्काले देखाएको रवैया पुनरावृति भएको भन्दै, हालका रोल्पाली नेता बर्षमान पुन लगायतका नेताहरुले झनै ठूलो दमनमा उत्रिएको नेकपाका सेक्रेटरी प्रयासले आरोप समेत लगाएका छन् । बिज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धको पूर्वसन्ध्यामा रोल्पामा खुम बहादुर खड्का र उसको चाटुकर अब्दुल रोहित खाँले जुन खालको रवैया अपनाएका थिए, त्यसको पुनरावृति स्वरुप अहिलेको नवदलाल वर्षमान पुन र उसको रोल्पा शाखाको परम हितैषी गञ्ज बहादुर घिङ्सी लगायत लठैत प्रयोग गरेर झन् ठूलो दमन गरिरहेको छ ।’

आफ्ना गिरफ्तार कार्यकर्ताहरुलाइ बिनासर्त तुरुन्त रिहाइ गर्न माग गर्दै, रिहाइ नभए प्रतिकारमा जाने र त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार अहिलेको सत्ताले महङ्गो मुल्य चुकाउनु पर्ने नेकपा रोल्पाले बिज्ञप्तिमा उल्लेख गरेको छ ।

हेर्नुहोस विज्ञप्तीको पूर्ण पाठ:

विज्ञप्ती

हाम्रो नेपाल कम्युनिष्ट पार्टी पुरै पार्टी देशव्यापी जनअभियानमा जुटिरहेको छ । दलाल, भ्रष्ट, तस्कर, बिचौलिया, कालाबजारीहरुको अखडामा बाबण्डर सल्कीरहेको छ । देश र जनताका दुश्मनसँग लड्ने भिष्म प्रतिज्ञाका साथ कम्युनिष्ट क्रान्तिकारीहरु यत्रतत्र सर्वत्र सल्बलाइरहेका छन् । पुरातन दलाल संसदीय पुजीवादी व्यवस्थाको गम्भीर पराजय हुँदैछ र नूतन वैज्ञानिक समाजवादी व्यवस्थाको सानदार विजयको संघारमा नेपाल राष्ट्र उभिरहेको छ । यसै बदलिदो परिवेशमा दलाल सत्ता र यसका मतियारहरु र गृहप्रशासन निर्ममतापूर्वक दमनमा उत्रिरहेको छ । यसै शिलशिलामा रोल्पामा पनि दलालहरुले आफ्नो असली अनुहार उदाङ्गो पारेका छन् । आज बिहान मात्र हाम्रो पार्टीका जिल्ला कमिटि सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चाका केन्द्रीय सदस्य क.टिकाराम परियार, पार्टीका जिल्ला कमिटि सदस्य तथा दलित राष्ट्रिय मुक्तिमोर्चा रोल्पाका पूर्व अध्यक्ष क.लाल बहादुर सुनारलाई आफ्नो नीजि काममा व्यस्त भइरहँदा प्रहरीले अपहरण शैलीमा गिरफ्तार गरेको छ । यी सबै घटनाहरु श्रृङ्खलामा छन् ।

केही दिन अघि मात्र हाम्रो पार्टी राप्ती ब्यूरो इन्चार्ज सुवासको भावाङमा रहेको घरमा खानतलासी गर्ने र परिवारका सदस्यलाई आतकं सृर्जना गर्ने र रोमियो अप्रेसन र दार्बोट अप्रेसनको झझल्को दिने हर्कत भएको छ । क.जागृति, क.विश्लेषण, क.बिजुली, क.दिनेश चन्दको घरमा खानतलासी गरेर परिवारका सदस्यहरुलाई मनोवैज्ञानिक रुपमा चोटको सिकार बनाएको छ र बाच्छे लगायत कयौं ठाउँमा जनतालाई कुटपिट गरेको छ । होलेरीमा विद्यार्थीको सम्मेलनलाई भाड्ने काम भएको छ ।

जनयुद्धको पूर्वसन्ध्यामा रोल्पामा खुम बहादुर खड्का र उसको चाटुकर अब्दुल रोहित खाँले जुन खालको रवैया अपनाएका थिए, त्यसको पुनरावृति स्वरुप अहिलेको नवदलाल वर्षमान पुन र उसको रोल्पा शाखाको परम हितैषी गञ्ज बहादुर घिङ्सी लगायत लठैत प्रयोग गरेर झन् ठूलो दमन गरिरहेको छ ।

यी सबैखाले दमनको विभिशिषा र क.टिकाराम, क.लाल बहादुरको गिरफ्तारीलाई हाम्रो पार्टीले जति भत्र्सना गरे पनि कमै हुन जान्छ । त्यसैले क. टिकाराम, क.लाल बहादुरको रिहाइ र दमनको अन्त्यको जोडदार माग गर्न चाहन्छौं । हाम्रो यस्तो मागलाई गम्भीरतापूर्वक सुनुवाई गर्नुको साटो कमजोरीका रुपमा बुझे हाम्रो पार्टीले श्रङ्खलाबद्ध संघर्षको कडा बाटो समात्न बाध्य हुनेछ । त्यसपश्चात उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार दलाल सत्ता र उसका मतियारहरु आफै हुनुपर्नेछ र उनीहरुले नै महङ्गो मुल्य चुकाउनु पर्नेछ ।
……………
प्रयास
सेक्रटरी रोल्पा

२०७५ फाल्गुन २०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको