दुई केजी चरेशसहित एक महिला नागढुंगाबाट पक्राउ


फागुन २०, काठमाडौँ । काठमाडौकाे मुख्य नाका नागढुंगामा नियमित चेक जाँचकाे क्रममा २ किलो लागु औषध चरेश सहित एक महिला पक्राउ परेकी छन् ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी प्रमुख प्रहरी निरिक्षक ज्ञानवहादुर खड्काकाे नेतृत्वको टाेलीले चेक जाँचकाे क्रममा लागु औषध चरेश सहित ती महिलालाई पक्राउ गरेकाे हाे ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रबक्ता हाेविन्द्र वाेगटीले पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ की गोपिनी खत्री रहेकी वताए । धादिङ्गबाट काठमाडौ आउँदै गरेको बा४ ख ३६६३ नम्बरको टिपरलाई नागढुंगामा चेकजाँच गर्दा उनी पक्राउ परेकी हुन् । उनको साथबाट अबैध लागुऔषध चरेस १ किलो ९ सय ७५ ग्राम बरामद गरेको छ ।

पक्राउ गरिएकाे गोपिनी खत्रीलाई म्याद थप गरि अागुअाैषध एन अन्तर्गत मुद्दा चलाईने महानगरीय प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाले वताए ।

२०७५ फाल्गुन २०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको