रोल्पाली सेवा समाज केन्द्रिय प्रथम अधिवेशनका लागि जापानले प्रतिनिधि र सहयोग रकम तोक्यो


फाल्गुन १९, जापान । अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापानको छैटौ बैठक आइतबार सम्पन्न भएको छ । जापानको मुख्य शहर टोकियोमा संगठनका अध्यक्ष कमल बाँठाको सभापतित्वमा बैठक सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय रोल्पाली सेवा सामज केन्द्रीय उपा-अध्यक्ष तथा जापानका सल्लाहकार बसन्ती जी.एम. बैठकमा प्रमुख अतिथिको रुपमा उपस्थित रहेका थिए, भने जापानका सल्लाहकार कुवेर व़ली अतिथी रहेका थिए ।

भर्खरै सम्पन्न हुन गैरहेको केन्द्रको पहिलो अधिवेशनमा जापानको प्रतिनिधित्व गरेर उपाअध्यक्ष केपी व़लीलाइ पठाउने निर्णय गरेको छ । उक्त अधिवेशनको लागी जापानले नेपाली २५,०००।- दिने समेत निर्णय गरेको छ। बैठक द्वारा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज जापानले सङ्गठन बिस्तार र आर्थिक सुधार योजना अन्तर्गत केहि महत्वपूर्ण योजनाहरु बैठकले पारित गरेको सल्लाहकार बसन्ती जी.एम. जानकारी दिए ।

संगठन सुदृढ तथा बिस्तार कार्यक्रम अन्तर्गत जापानका विभिन्न क्षेत्रलाई मध्यनजरगरि क्षेत्रीयस्तरको संगठनहरु निर्माण गरी योजना तर्जुमा गर्ने जनाएको छ । यस लगायत आर्थिक योजना, सदस्यता र परिचय पत्र वितरण, लेबीको ब्यबस्थापन बिषयमा बिशेष छलफल गरेको छ ।

विभिन्न विभागहरु निर्माणगरि कार्यविभाजन सहित जिम्मेवारी बांडफांड समेत गरेको अध्यक्ष कमल बाँठाले बताए ।

२०७५ फाल्गुन २०,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको