अदेखा सच्चाई भित्रको सोनाम ल्होछार


दीपा बुढा मगर । भोली सोनाम ल्होसार हो । ल्होसारलाई ल्योसार वा लोसार पनि भनिन्छ । यी दुबैको अर्थ एकै हो । विशेषत: तिब्बती, नेपालको शेर्पा, गुरुङ र तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने नेपालको एक मुख्य पर्व हो । ल्होसार बौद्ध धर्म अनुयायी तामाङ, शेर्पा, गुरुङ, थकाली लगायत मंगोलहरुले धुमधामका साथ मनाउने पर्व हो ।

चिनियाँ, जापानी र मंगोलियाले यसलाई नयाँ बर्षको रुपमा मनाउछ भने नेपालमा पनि मंगोल बर्णका विभिन्न समुदायले परापुर्बकाल देखिनै ल्होसार मान्दै आएको हो । नेपालमा पनि बि. सं. शुरु हुनुभन्दा पहिले यहाँका मुल निबासी मंगोलहरुले यहि पर्वलाई नयाँ बर्षको रुपमा मनाउने गरेको अनुमान लगाउन सकिन्छ ।

भोट भाषासंग सम्बन्धित शेर्पा, भुटानी, योल्मो, डोल्पाली इत्यादि भाषाहरुमा ल्होसारको अर्थ ल्हो भनेको बर्ष र सार भनेको नयाँ वा परिवर्तन हुन्छ । अर्थात बर्ष परिवर्तन हुने समय । नयाँ बर्ष आउने समय भनेको हो । अर्थात ल्होसारको अर्थ बर्ष परिवर्तन अर्थात नयाँ बर्ष भन्ने बुझिन्छ ।

मंगोलहरुको चार्डपर्वहरु फरकफरक तिथिमिथिमा हुने गर्दछन् । जस्तै मगर र थारु समुदायले माघे संक्रान्ती अर्थात माघ एक गतेलाई नयाँ बर्षको रुपमा मनाए । परापुर्वकाल देखि नै मान्दै आएका छन् । यस्तै अन्य समुदायहरुले पनि आ-आफ्नो पर्व नयाँ बर्षको रुपमा मनाउदै आएका हुन् ।

हाम्रो देशमा मुख्यतः तीन प्रकारको ल्होसार मनाइने गरेको पाइन्छ । तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्पो ल्होसार । तमु ल्होसार मुलतः गुरुङ समुदायले मनाउने गर्छ । यो पुस महिनाको १५ वा १६ गते पर्छ । सोनाम ल्होसार भनेर योल्मो र तामाङ्ग समुदायले मनाउने गर्दछन् । यो माघे संक्रान्तिको छेउछाउमा पर्छ । ग्याल्पो ल्होसार शेर्पा समुदायले मनाउने गर्दछन् । प्रायःजसो यो पर्व फागुन महिनामा पर्छ ।

बास्तबमा जसरी हिन्दु अथवा आर्य बाहुन क्षेत्रीहरुले दसैं तिहार, तिजहरु एउटै तिथि र मितिमा सबैले मनाउने गरे जस्तै बौद्ध धर्मावलम्बी अथवा मंगोल समुदायहरुको चाडपर्वहरु पनि एउटै तिथिमितिमा सबैले मनाउनु पर्दथ्यो । यसरी मंगोल बर्णका समुदायमा हरेक चालचलन रितिरिवाजहरुमा किन फरक आयो भन्ने प्रश्नमा जसले जुनसुकै अर्थ लगाए पनि आखिर अधिनायकवादी हिन्दु आर्य बाहुन क्षेत्रीहरुले मंगोलहरुको धार्मिक र संस्कृती पाटोहरुल्ल माथी गरिएको सास्कृतिक र राजनैतिक अतिक्रमण हो । अब मंगोलहरु अदेख सच्चाईको लागि आफै नयाँ ईतिहास लेख्ने वेला आइसकेको कुरालाई नकार्न मिल्दैन ।

(लेखक मंगोल नेशनल अर्गनाइजेसन प्रवास सभा युएईको कोषाध्यक्ष हुनुहुन्छ )

२०७५ माघ २१,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको