दाङको टरिगाउँ एयरपोर्टमा बन्ने भयो अत्याधुनिक टर्मिनल भवन (भिडियो)


राजेश खत्री/माघ २१, दाङ । दाङ तुलसीपुरको टरिगाउँ एयरपोर्टमा टर्मिनल भवन निर्माण गर्न लागिएको छ ।

सोमबार एक औपचारिक कार्यक्रमका बीच पूजा आरधना गरेर तुलसीपुरका मेयर घनश्याम पाण्डेले टर्मिनल भवनको सिलन्यास गरेका हुन । ५८ लाख २७ हजारको लागतमा निर्माण गर्न लागिएको टर्मिनल भवन निर्माण कार्य आगामी असार मसान्त भित्रै निर्माण सक्ने उदेश्य राखिएको छ ।

इञ्जिनियर युवराज रिजालले नयाँ टर्मिनल भवन २४ मिटर लम्वाई र १२ मिटर चौडाईको निर्माण हुने बताए । टर्मिनल भवन निर्माणको जिम्मा तुलसीपुरको न्यू आस्ट्रिना निर्माण सेवाका सुरेश आचार्यले पाएका छन् । टरिगाउँ एयरपोर्टमा बर्षौं पहिले निर्माण गरिएको टर्मिनल भवन जिर्ण अवस्थामा रहेको छ । त्यसले गर्दा यात्रुलाई असुविधा हुँदै आएको थियो ।

नयाँ टर्मिनल भवनमा एयरलान्सको लागि दुई वटा अफिलको व्यवस्थापनदेखि यात्रुको लागि आउने र जाने हलहरु पनि निर्माण गरिने छ । त्यस्तै यात्रुहरुको चेकजाँच पछि नयाँ टर्मिलन भवन बनिसकेमा बाहिर निस्कन नमिल्ने खालको भवन निर्माण हुने रिजालले बताए ।

दाङमा अन्तराष्ट्रिय एयरपोर्ट निर्माण गर्न अर्थतन्त्रले धान्दैन: मेयर पाण्डे

तुलसीपुर मेयर घनश्याम पाण्डेले दाङको नारायणपुर क्षेत्रमा निर्माण गर्ने भनिएको अन्तराष्ट्रिय बिमानस्थल निर्माण गर्ने कुरा देशको अर्थतन्त्रका कारण संभव नभएको बताएका छन् ।

हाल देशमा रहेका ४ वटा अन्तराष्ट्रिय विमानस्थल निर्माण कार्य पुरा नभएको हुँदा त्यसमा अरु ६÷७ वटा त्यही लेवलका विमानस्थल निर्माण गर्ने कुरा असंभव प्राय रहेको उनको दाबी गरे ।

यद्यपी घोराहीको नारायणपुर क्षेत्रमा निर्माण गर्ने भनिएको मिवानस्थलका लागि हाल जग्गा मात्रै अधिग्रहन गर्न सकिन्छ कि भन्ने ढंगले छलफल सुरु भएको उनले बताए ।

प्रदेश नं. ५ को राष्ट्रिय योजना आयोगले तयार गरेको १५औं आधारपत्रमा तुलसीपुर र नेपालगञ्जको विमालस्थलको स्तर उन्नती गर्ने तथा भौरवहा विमानस्थललाई अन्तराष्ट्रिय स्तरको विमानस्थलको रुपमा अगाडि बढाउने भन्ने कुरा आधार पत्रका समेटी सेकेको हुँदा अब टरिगाउँ एयरपोटको बारेमा ढुक्क हुन उनले आग्रह गरे ।

त्यस्तै मेयर पाण्डेले टरिगाउँ बिमानस्थलको धावनमार्ग बिस्तार गरि १५ सय मिटर बनाउन कुनै समस्या नरहेको दाबी गरे । उनले स्थायी ईन्धन डिपो स्थापना गर्नको लागि नजिकैको रहेको महेन्द्र माविको ३ विगाहा जग्गा भाडामा लिन लागेको जानकारी दिए । निकट भविस्यममै अस्थायी निधन डिपो दाङमा ल्याउन लागेको जानकारी दिए ।

छिट्टै दुईवटा ट्याङकर र रिफिउलिङ मेसिन दाङ एयरपोर्टको लागि आउन लागेको बताएका उनले त्यसपछि दैनिक दुईवटा विमानले नियमित सेवा दिने तथा भाडादर पनि सस्तो हुने आशा व्यक्त गरे । उनले यति एयर लाइन्स संग कुरा समेत गरिसकेको जानकारी दिए । दैनिक दुईवटा विमानले सेवादिएमा दाङमा पर्यटनको विकास गर्न संभव हुने उनको धारणा थियो ।

कार्यक्रमलाई सम्वोधन गर्दैै नेपालगञ्ज र दाङ ऐयरपोर्टका प्रमुख प्रेमनाथ ठाकुरले मौसमको दृष्टिकोणले दाङ एयरपोर्ट नेपालकै उत्कृष्ट विमानस्थल भएपनि मझौला खालका विमान संचालन गर्नको लागि धावन मार्ग विस्तार गरि १५ सय मिटर पु¥याउन आवश्यक रहेको बताए । ठूलो विमान आउने वातावरण बनेमा मात्रै भाडा घट्ने हुँदा त्यसपछि मात्रै मिवानस्थलको भविस्य सुनिश्चित हुने उनको मत थियो ।

कार्यक्रममा नागरिक समाज दाङका पूर्ब संयोजक टिकाराम रेग्मीले २०११ सालदेखि सञ्चालनमा आएको टरिगाउँ बिमानस्थल धेरै उपकरण चोरी भएको हुँदा त्यसको खोजी गर्नुपर्ने बताए ।

तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिरबहादुर रावतले दाङको पर्यटन र उद्योगको विकासको लागि विमान सेवा नियमति हुन आवश्यक रहेको भन्दै धावन मार्ग विस्तार पहिलो आवश्यकता भएको बताए ।

२१ माघ २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको