रोल्पाको सल्लेरी वनमा भिषण आगलागी


माघ २१, रोल्पा । रोल्पाको गंगादेवा गाउँपालीका अन्तरगत सल्लेरी जंगलमा भिषण आगलागी भइरहेको छ ।

गंगादेव २ पुर्णा गाउँको सल्लेरी बनमा आज मध्यान्न १२ बजेदेखि सुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन् । भिरको सुख्खा जंगल र हावा समेत लागिरहेकाले आगो नियन्त्रणमा लिन समस्या भइरहेको स्थानिय दर्शन केसीले जानकारी दिए ।

जंगल क्षेत्र ठुलो भएकाले आगो तत्काल नियन्त्रणमा नलिए ठुलो क्षेती हुने स्थानियहरुको भनाई छ । आगो नियन्त्रणमा नलिए राँक सम्म पुग्ने अनुमान गरिएको छ । दुर्गम क्षेत्र भएकाले उक्त स्थानमा अहिले सम्म प्रहरी पुगेको छैन ।

२०७५ माघ २१,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको