बझाङमा सरकारविरुद्ध काँग्रेसको प्रदर्शन


टेकेन्द्र बोहरा/माघ २१, बझाङ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज बझाङको सदरमुकाम चैनपुरमा सोमवार सरकार विरुद्ध प्रदर्शन गरेको छ ।

केपी सर्मा ओली नेतृत्वको सरकार अजारक बन्दै बन्दै गएका कारण काँग्रेसले सरकार विरुद्ध प्रदर्शन गनुपरेको नेपाल बिध्यार्थीसँङ्का नेता तथा स्वत्रन्त्र बिध्यार्थी युनियन जयपृथ्वी बहुमुखी क्याम्पस स्वभियु उप सभापती उमेश जेठाराले बताए ।

उहाँले हालको कम्युनिष्ट सरकारले कञ्चनपुरकी निर्मला पन्तका हत्यारा पत्ता लगाउन नसकेको डा. गोविन्द केसी संग भएका सम्झौता कार्यान्वयनमा सरकार उदासीन भएको,जताततै महंगी र भ्रष्टाचार बढेको सरकारले संसदीय सर्वोच्चता कायम गर्न माग, सरकारको भ्रष्टाचार,राज्य आतंक बन्द गर्न माग, संसदीय मर्यादा पालना गर्न माग, हत्या हिंसा बन्द गर्न माग, वाइडबडी भ्रष्टाचारीलाई कार्वाही गर्न माग, राख्दै बिरोध प्रदेशन गरिएको हो ।

सम्वोधनका क्रममा नेपाली का नेता गोन्द्रि नेपालीले नेपाली काँग्रेसका पूर्व सभापतिहरु गिरिजा प्रसाद कोईराला र शुशिल कोईरालाको नाममा रहेका अस्पताल हटाउनका लागि गलत क्रियाकलाप गर्ने सरकार गलत खेल गरेको प्रति आपत्ति जनाएको बताए ।

२०७५ माघ २१,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको