काँग्रेसद्धारा कालिकोटमा सरकारबिरुद्ध प्रदर्शन


खडक बिश्वकर्मा/माघ २१, कालिकोट । कम्युनिष्टको गढ मानिने कालीकोटमा कांग्रेसले शक्ति प्रदर्शन गरेको छ ।

सदरमुकाम मान्म प्रतिमाचौकमा कांग्रेसले आफ्ना कार्यकर्ता उत्रारेर शक्ति प्रदर्शन गरेको हो । नेपाली कांग्रेस जिल्ला कार्य समितिका उपसभापति शंकर प्रसाद उपाध्याय लगायतका नेताहरुले मान्ममा प्रदर्शन गरेका हुन् । कांग्रेस कार्यकर्ताहरु विरोध प्रदर्शनका लागि व्यानर र झण्डासहित सडमा उत्रिएका छन् ।

नेपाली काँग्रेसले सोमबार दिउँसो देशैभर शक्ति प्रदर्शन गर्ने कार्यतालिका अनुरुप कालीकोट जिल्लाको सदरमुकाम मान्ममा विशाल प्रदर्शन गरेको हो । हातका काँग्रेसको झण्डा र व्यानर बोकेका कार्यकर्ताहरुले केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको आरोप लगाउदै विरोध जनाएका छन् । सरकारले चाहिने भन्दा नचाहिने विषयलाई धेरै प्राथमिकता दिएको भन्दै सरकारलाई खबरदारी गर्नका लागि कालिकोट काँग्रेसले प्रदशन गरेको बताएको छ ।

२ तिहाईको दम्भ देखाउने सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेको भन्दै विरोध प्रर्दशन गरेको हो । जिल्लाको प्रतिमा चौकदेखि सुरु भएको विरोध ¥याली मान्मको जिरोप्वाईन्ट हुर्दै पुन प्रतिमा चौकमा आएर कोण सभामा परिर्णत भएको थियो ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति कालिकोटका उपसभापति शंकर प्रसाद उपाध्यायको अध्यक्षतमा भएको कोण सभामा बोल्दै नेपाली काँग्रेसका नेता टेकराज शाहीले स्तरीय स्वास्थ्य शिक्षा र सहज स्वास्थ्य उपचार प्रणालीका लागि प्राध्यापक गोविन्द केसीको अनशनलाई व्यवास्ता गरेको भन्दै अहिलेको सरकारको चर्को विरोध गरे । सरकारले डा. केसीका माग हरेक पटक पूरा गर्ने सम्झौता गरेर अन्तिममा जनताको जीवनसँग खेल्ने मेडिकल माफियालाई प्रोत्साहन गरेको भन्दै सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरे ।

विरोध सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेस महासमिति सदस्य मानबहादुर रोकायाले महंगी नियन्त्रणमा ठोस काम नगर्दा उपभोक्ता मारमा परेको र विकास निर्माणका गतिविधि पनि सुस्त हुँदा २ तिहाईको सरकारले जनताले सोचे अनुसारका काम गर्न नसक्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि दानबहादुर बमले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाए । उनले राणा, राजा, पन्चायत ढालेको काँग्रेससंग अहिलेको सरकारले निहुँ खोजेकाले अहिलेको सरकार नसच्चिए सडकबाटै सरकारलाई ढाल्ने चेतावनी दिए ।

कार्यक्रमा बोल्दै महिला नेतृ धर्मा शाहीले कम्युनिष्ट सरकारले महिलाका हक अधिकारका विषयमा काम गर्न नसकको बताइन् । उनले कन्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तका हत्यारालाई सरकारले नै संरक्षण गरेर राखेको आरोप लगाईन ।

बलात्कार पछि हत्या गरिएकी निर्मलाका हत्यारा पत्ता लगाउन नसक्ने सरकारले जनताको अपेक्षा अनुसारका काम कसरी गर्न सक्छ । उनले सरकारलाई प्रश्न गरिन् । विरोध सभामा नेपाली काँग्रेस जिल्ला कार्य समितिलगायतका नेताले आफ्नो धारणा राखेका थिए ।

२१ माघ २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको