रुकुमा ३ बर्षीय बालिका बलात्कार अभियोगमा एक युवक पक्राउ


माघ २१, रुकुम (पूर्व) । बालिका बलात्कारको अभियोगमा एकलाई प्रहरीले पक्राउ गरेको छ ।

बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

मादक पदार्थ सेवन गरी लठ्ठै भएका गौतमलाई सोही ठाउँकी ३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बालिकाको शारीरिक अवस्था हेर्दा बलात्कार भएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए । गौतम यसअघि पनि जबरजस्तीकरणी मुद्दामै ५ वर्ष कैद सजाय भुक्तान गरिसकेका व्यक्ति हुन् ।

२१ माघ २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको