दुवै हात र खुट्टा गुमाएका कृष्ण र बुद्धिमानका लागि सल्यानका विद्यार्थीले उठाए सहयाेग


खकेन्द्र केसी/माघ २१, सल्यान । सल्यानका विद्यार्थीहरुले करेन्ट लागेर हात खुट्टा गुमाएका बुद्धिमान कवर र कृष्ण ओलीका लागि सहयोग रकम जम्मा गरेका छन् ।

जिल्लाको सितलपाटीमा रहेको शिवजन माविका विद्यार्थीहरुले दुवै पीडितका लागि सहयोग रकम संकलन गरेका हुन् । आफ्नो दैनिकी कामलाई कटाएर ८ दिनसम्म विद्यार्थीहरुले जिल्लाको विभिन्न ठाउँमा गई ८५ हजार ७० रुपैया रकम संकलन गरेका हुन् ।

किरण बस्नेत र ऋषि चन्दको अगुवाईमा तथा विद्यालयका विभिन्न विद्यार्थीको सहकार्यमा संकलन गरिएको उक्त रकमलाई सोमबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । शारदा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष नवराज बुढाथोकीलाई हस्तान्तरण गरिएको उक्त रकमलाई सम्बन्धीत व्यक्तीसम्म पुर्याउन विद्यालयका प्रधानध्यापक हिरालाल नेपालीलाई जिम्मा दिइएको छ ।

सिवजन स्कुलले सहयोगी विद्यार्थी जन्माएकोमा खुसी

एउटालाई दुख पर्दा अर्काेले सहयोग गर्ने संस्कार बसालेको भन्दै सबैले शिवजन माविले राम्रा विद्यार्थी जन्माएको भन्दै गर्व गरेका थिए । कार्यक्रममा बोल्ने अधिकांसले पैसा सानो ठुलो भएपनि सहयोगी संस्कारको सुरुवात भएको बताएका थिए ।

शिवजन जस्तै अन्य विद्यालयमा पनि सहयोगी मन भएका विद्यार्थीहरु हुन आवश्यक भएको कार्यक्रममा बोल्नेहरुको तर्क थियो । मन्दिर धाएर धर्म नहुँने भन्दै अपांग तथा असायहरुलाई सहयोग गरे धर्म हुने कार्यक्रममा बोल्ने वक्ताहरुले जोड दिएका थिए ।

कार्यक्रममा शारदा नगरपालिका १ का वडा अध्यक्ष नवराज बुढाथोकी, शारदा नगर शिक्षा शाखाका प्रमुख विर बहादुर सेजुवाल, विद्यालयका प्रधानध्यापक हिरालाल नेपाली, रेडियो तहल्काका स्टेशन म्यानेजर डिल्लीराज रावत लगाएतका व्यक्तीहरु बोलेका थिए । विद्यार्थी ऋषि चन्दको सभाअध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत मन्तव्य किरण बस्नेतले राखेका थिए भने संचालन सिर्जना देवकोटाले गरेकी थिइन् ।

को हुन बुद्धि र कृष्ण

सल्यान बनगाड कुपिन्डे ३ मा जन्मिएर हाल बसाइ सराइ गरी बांकेको बैजनाथ ८ करेलीभागमा बस्ने बुद्धिमान कवर हुन् । उनको करेन्ट लागेर दुई हात र दुई खुट्टा गुमेका छन् । उनी कामको सिलसिलामा भारतको सिम्ला गएको बेला करेन्ट लागेर सबै हातखुट्टा गुमाउन पुगे । उनको अहिले कृतिम हात र खुट्टा जोड्ने उदेश्यले सहयोग रकम उठाउन थालिएको हो ।

विद्युत विस्तारको क्रममा करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका कृष्ण वलीको घर रुकुमको सानीभेरी गाउँपालिकामा पर्छ । उनि अहिले २१ बर्षका छन् ।

गएको जेठ २५ गते विद्युत लाइन विस्तार गर्ने क्रममा दाङको तुलसीपुर–१३, मा करेन्ट लाग्दा वलीले एउटा खुट्टा र दुवै हात गुमाएका थिए । उनलाई धेरै माया गर्ने उनकी श्रीमती रुपा ओलीका कारण सामाजिक संजालमा धेरैको मन उनितिर तानेको छ ।

२०७५ माघ २१,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको