एनसेलको करछली विरुद्ध अखिल (क्रान्तिकारी)को देशभर प्रदर्शन, दर्जनौ बिद्यार्थी नेता पक्राउ


माघ २१, काठमाडाै । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी)ले सोमबार देशभर बिरोध प्रदर्शन गरेको छ ।

अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विश्वकर्माको रिहाई तथा एनसेलले ७२ अर्ब कर छलि गरेको भएपनि सरोकालावाला पक्ष मौन रहेको बिरोधमा संगठनले बिरोध प्रदर्शन गरेको हो ।

सो प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बिरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी अखिल क्रान्तिकारीका पुर्वी ताम्सालिङ ब्युरो संयोजक तथा केन्द्रीय सचिवालय सदस्य मुकुन्द श्रेष्ठ, काभ्रेका जिल्ला अध्यक्ष रविन चौलागाई लगायतल विद्यार्थीहरुलाई काभ्रे जिल्लाबाट गिरफ्तार गरेको छ ।

यस्तै काठमाण्डौं उपाध्यक्ष गोविन्द बिष्ट लगायत एक दर्जन विद्यार्थीलाई काठमाडौंको मनमैजु चोकबाट गिरफ्तार गरेको संगठनको महासचिव प्रकाश शाहीले बताउनु भएको छ ।

यसैबीच, अखिल क्रान्तिकारीका केन्द्रीय महासचिब प्रकाश शाहीले शान्ति पूर्ण प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकामा घोर भत्सना गर्दै निर्दोष कोषाध्यक्ष लगायत आफ्नो संगठनका सम्पूर्णको नेताको सिघ्र रिहाईको माग गरेका छन ।

शाहिले अवौ कर छल्लदा समेत एनसेललाई छाडिदिने र त्यसको बिरोध गर्दा पक्राउ गर्ने, बिद्यार्थी नेता कार्यकर्तालाई झुठा मुद्धा लगाएर फसाउने कार्य बढेको भन्दै यस्तै हर्कत रहिरहे फैसला सडकले गर्ने चेतावनी दिए ।

अखिल (क्रान्तिकारी)ले रास्ट्रियता, जनजिवीका र एनसेलले गरेको ७२ अर्ब करछलि विरुद्धमा देशभरी प्रदर्शन गर्दै आइरहेको छ ।

२०७५ माघ २१,सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको