रुकुमपूर्वमा निषेधाज्ञा जारी


माघ २१, रुकुम पूर्व । रुकुम पूर्वको सदरमुकाम विवाद चर्किएपछि जिल्ला प्रशासन कार्यालयले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले अर्को आदेश नआउन्जेलसम्मका लागि निषेधाज्ञा जारी गरिएको जानकारी दिए ।

प्रशासनले आइतबार साँझ ७ बजेदेखि पूर्वमा सिस्ने गाउँपालिका–५ धौलापहिरा, पश्चिममा सोही गाउँपालिकाको रानीकोट, उत्तरमा सिस्ने गाउँपालिका–६ रुकुमगाड हुँदै धाउनेसम्म र दक्षिणमा सिस्ने गाउँपालिका–५ को शहीपार्क हुँदै रुमालबारासम्म प्रवेश निषेधाज्ञा आदेश जारी गरेको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा सभा, जुलुस, भेला तथा प्रदर्शन गर्न पाइँदैन ।

रुकुमकोटबासी र गोलखाडाबासीले आ–आफ्नो क्षेत्रमा सदरमुकाम राख्नुपर्ने माग गर्दै आन्दोलन चर्काएका छन् । आन्दोलनका कारण आइतबार स्थिति तनावग्रस्त भएको थियो ।

तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथा उत्तरगंगा गाउँपालिका–१२ गोलखाडामा पूर्वी रुकुमको सदरमुकाम राख्ने निर्णय गरेको थियो । सरकारको सो निर्णयविरुद्ध २०७४ माघ १७ गते सर्वोच्च अदालतमा रिट दर्ता भएको थियो । उक्त रिटमा प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेको थियो ।

अब उक्त रिटमा यही माघ २७ गते पेशी तोकिएको छ । त्यसलाई प्रभाव पार्ने खेलअनुसार अहिले आन्दोलन चर्किएको जानकारहरु बताउँछन् । रुकुमकोट साविक जिल्ला रुकुमको पुरानो सदरमुकाम हो । त्यहाँबाट सदरमुकाम खलंगा सारिएको थियो । साविकको रुकुम हाल पूर्वी रुकुम र पश्चिम रुकुममा बिभाजित छ ।

२१ माघ २०७५, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको