पक्राउ परेका दुर्गम जिल्लाका पत्रकार विकलाई रिहाईको माग


पुष २०, बझाङ । दुर्गम जिल्ला बझाङका पत्रकार एवम् साईपल पोष्ट डटकमका सम्पादक गणेश विकलाई प्रहरीले प्रकाउ गरेको छ । समाचार लेखेको विषयलाई लिएर पत्रकार बिकलाई पक्राउ गरिएको हाे ।

पत्रकार विकले जिल्ला स्थित विभिन्न स्थानीय निकायमा भएको भष्ट्रचार र अनियमितता बारे निरन्तर समाचार लेख्दै आईरहेका थिए । भने हिजो दिउँसो घुमुवा प्रहरीको मिलिमतोमा अबैध रुपमा लागु औषधिको कारोबार हुने गरेको समाचार प्रकाशित गरेका थिए ।

बिक क्रान्तिकारी पत्रकार संगठन आस्थावान पत्रकार हुन।

बिकलाई प्रहरीले पुर्वाग्रही ढंगले प्रकाउ गरेको क्रान्तिकारी पत्रकार संंगठन नेपालले दाबी गरेको छ । संगठनले एक बिज्ञप्ति जारिगरी पत्रकार पक्राउ बारे घोर भत्सर्ना गरेको छ । सँगठनका अध्यक्ष प्रकाश डुम्रेले प्रकाउ परेका पत्रकार विकको तत्काल रिहाइको माग गरेका छन । साथै राजनीति विचार र अास्थाका अाधारमा राज्यले विभिन्न निउ बनाएर अाफ्नो सँगठन प्रति गरेको हस्तक्षेप प्रति कडा आपत्ति प्रकट गरेका छन ।

पत्रकार विककाे रिहाईका लागि बझाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग कुराकानी भईरहेको क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए ।

बिकले लेखेको समाचार यस्तो थियो

बझाङमा घुमुवा प्रहरीको मिलापत्रमा लागु औषध चरेश विक्री वितरण

बझाङमा पछील्लो समयमा जिल्लाको सदरमुकाम चैनपुरमा प्रहरीकै मिलोमतोमा लागु औषध चरेश विक्री वितरण गरेको छ ।

प्रहरीकै मिलोमतोमा प्रत्यक्ष रुपमा लागु औषध चरेश विक्री वितरण गरेको सुचनाहरु बाहिर आउदाँ पनि जिल्ला प्रहरी कार्यालय बझाङ र यस सँग समन्धीत सरोकार वाला निकायहरु मौन वनेका छन ।

जिल्लाकै अति संबेदनशिल मानिने सदरमुकाम चैनपुरको धेरै जसो स्थानमा रहेका लागु औषध चरेश विक्री वितरण गर्ने अखडाहरुमा दैनिकी रुपमा करौडौको चरेस विक्री वितरण गरेको तथ्य वाहिर आएको छ ।

प्रहरीको प्रत्यक्ष संग्लन बाट बझाङको बसपार्क , सिमखेत , चैनपुर, गोलाई, पडेस, प्रहरीकै सँङ्लग्नतामा लागु औषध चरेश विक्री वितरण सुचनाहरु वाहिर आएको छ ।

जिल्लामा भैरहने अपराध अनुसन्धानमा खटीने धुमुवा प्रहरी र डिउटीमा खटिने प्रहरी अपराध बिरुध खटिनुको सााटो लागु औषध चरेश विक्री वितरण सुरक्षामा पछि लागीरहेको सदरमुकाम चैनपुरका स्थानिय वासीहरु वताउछन् । म नेपाल प्रहरीको क्षेत्रीय घुमुवा प्रहरी हुँ भन्दै लागु औषध चरेश विक्री वितरण गर्ने व्यक्तीबाट पैसा असुली गरेको एक गोप्य स्रोतले जानकारी दिएको छ ।

सदरमुकाम चैनपुरमा प्रहरीको लापरवाहिका कारण दिनानु चोरीका घटाना घटीरहेका छन केही अघिमात्रै दिउसै अभि भनिनेको बोहराको कानमा लगाएको मुन्द्रा चोरी भएको थियो ।

त्यस लगत्तै सदरमुकाम चैनपुरकै मेन चैराहमा रहेको चन्द्र मोवाईल ग्यालरीमा चोरी हुदा लाखौ रुपयौ चोरी गर्नुका साथै मोवाईल ग्यालरीमा रहेका मोवाईल ल्याप्टप रुपैयाँ चोरी भएको थियो ।

२०७५ पुष २०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको