प्युठान स्वोर्गद्वारी सेवा समाज युएईले मृगौला पीडितलाई १ लाख ७१ हजार सहयोग


पुष २०, युएइ। युएईमा रहेको प्युठान स्वोर्गद्वारी सेवा समाज युएईले प्युठान जिल्ला नौबहिनी गाउँपालिका-३ खवाङ्ग निवास मृगौला पीडित बसन्ता केसिलाई आर्थिक सहयोग गरेको छ। चर्चित कार्यक्रम प्रस्तोता कृष्ण कंडेल द्वारा संचालित एबिसि इन्द्रेणी कार्यक्रम मार्फत समाजका उपाध्यक्ष ईमान सिंह केसिको नेतृत्वमा रहेको टिमले नगद रु. १ लाख ७१ हजार सहयोग रकम पीडितलाई हस्तान्तरण गरिएको हो ।

वैदेशिक रोजगारको सिलसिलामा युएईमा रहेका प्युठानवासीहरुको साझा संस्थाको रुपमा रहेको उक्त संस्थाले बसन्ता केसिको दुबै मिर्गौला फेल भएको खबर विभिन्न संचारमाध्यममा समाचार प्रकाशित भएपछी सहयोगका लागी संस्थागत पहल गरेको समाजका सचिव जे.बि जिसिले बताए ।

प्युठान स्वोर्गद्वारि सेवा समाज युएईका अध्यक्ष दुजमान सुनारको नेतृत्वमा ३० नोभेम्बरको बैठकबाट मिर्गौला पिडित केसिलाई सहयोग गर्ने संस्थाले निर्णय गरेको थियो । सोही बैठकको निर्णय अनुसार दुईवटै मृगौला फेल भएकी केसिलाई बचाउन ‘मिर्गौला पिडित बसन्ता केसि बचाउ अभियान’ सुरु भएको जिसिलेे जनाए ।

बसन्ता केसिलाई हाल काठमाडौमा रहेको आरोग्य स्वास्थ प्रतिष्ठानमा डाईलेसिस भैरहेको छ ।

सहयोग अभियानको नेतृत्वदायी भुमिकामा प्युठान स्वोर्गद्वारी सेवा समाज युएईका सचीव जे.बि जिसिले गरेका थिए भने, आर्थिक सहयोग संकलनको मुख्य भुमिका भने संस्थाका कोषाध्यक्ष बिक्रम बिष्टले गरेका थिए । साथै रकम संकलन लगायत अन्य विशेष महत्त्वपूर्ण भुमिकाहरु संस्थाका अध्यक्ष दुजमान सुनार, महासचिव हेमन्त घिमिरे, अर्का कोषाध्यक्ष थगेन्द्र सुनार, सल्लाहकार भिम सुनार, आबुधावी क्षेत्रीय समितिका कोषाध्यक्ष गिरिराज भण्डारी लगायत उहाको टिमले गरेका थिए।

सोही कार्यक्रममा प्युठान स्वोर्गद्वारी सेवा समाज युएईको तर्फबाट इन्द्रेणी कार्यक्रमको लागि रु. १५ हजार सहयोग स्वरुप संस्थाका उपाध्यक्ष ईमान सिंह केसिले इन्द्रेणीका संचालक कृष्ण कंडेललाई हस्तान्तरण गरेका थिए।

करिव डेढ बर्ष पहिले स्थापना भएको प्युठान स्वोर्गद्वारी सेवा समाजले आफ्नो स्थापनाकाल देखि नै युएईमा विभिन्न संघ-सस्थाहरु संग हातेमालो गर्दै पिडितलाई सहयोग गर्दै आईरहेको समाजका सचीव जिबि जिसिले बताए । यस अवधिमा देशमा जैविक प्रकोपबाट उत्पन्न बाढिपिडित देखि विभिन्न मानव उद्दारका कार्यहरुमा सहकार्य गर्दै दर्जन भन्दा बढी समाजसेवाहरुमा प्रत्येक्ष सहभागी बनेर संस्थाले सहयोग गरेको समेत जिसिले बताए ।

(जेबि जिसिको सहयोगमा तयार पारिएको समाचार)

२०७५ पुष २०,शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको